• बिहिबार, १ असोज २०८३
  • एसईई नतिजा सार्वजनिक : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४८ हजारले कटाए ३.६ जीपीए

    एसईई नतिजा सार्वजनिक : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४८ हजारले कटाए ३.६ जीपीए

    सबलनेपाल संवाददाता
    बैशाख २८ २०८३, सोमबार

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । बोर्डले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरेको हो ।

    बोर्डका अनुसार यस वर्षको परीक्षामा २ लाख ८४ हजार १६० जना विद्यार्थीहरूले माथिल्लो कक्षामा अध्ययन गर्न योग्य हुने गरी ग्रेड प्राप्त गरेका छन् । बाँकी १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू भने ‘नन-ग्रेडिङ’ (एनजी) मा परेका छन् । यो संख्या कुल परीक्षार्थीको ३४.०२ प्रतिशत हो ।

    उच्च जीपीए ल्याउनेको विवरण

    नतिजाको वर्गीकरणअनुसार उच्च शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीको संख्यामा उल्लेख्य सुधार देखिएको छ । बोर्डका अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ । नतिजाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन् ।

    उत्तीर्ण प्रतिशतमा सुधार

    विगतका वर्षहरूको तुलनामा यस वर्षको उत्तीर्ण प्रतिशतमा केही सकारात्मक परिवर्तन देखिएको छ । ‘नन-ग्रेडिङ’ मा परेका विद्यार्थीहरूका लागि बोर्डले तोकिएको समयमा पुनः मौका परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

    परीक्षा बोर्डले नतिजा सहजै हेर्नका लागि विभिन्न वेबसाइट र एसएमएस सेवाको व्यवस्था समेत मिलाएको छ ।



    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij