काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज केही बेरमा सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भएको जानकारी दिँदै आजै औपचारिक रूपमा परीक्षाफल घोषणा गर्न लागेको हो।
नतिजा सार्वजनिक गर्नुअघि बोर्ड सदस्यहरूलाई नतिजाको ‘डेमो’ प्रदर्शन गरिसकिएको छ। उक्त डेमो सफल भएपछि बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत केही समयभित्रै नतिजा सार्वजनिक गर्ने तयारी रहेको जनाएको हो। विगतका वर्षहरूमा परीक्षा सकिएको करिब तीन महिनामा नतिजा आउने गरेकोमा यस वर्ष बोर्डले उक्त परम्परा तोड्दै छिटो नतिजा निकाल्न सफल भएको छ।
यस वर्ष गत चैत १९ गतेदेखि सञ्चालित परीक्षामा देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। त्यस्तै, जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए।
कसरी हेर्ने नतिजा?
बोर्डले नतिजा सहजै हेर्नका लागि विभिन्न विकल्पहरूको व्यवस्था गरेको छ। परीक्षार्थीले एसएमएस, आइभिआर र वेबसाइटमार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:
-
वेबसाइट: नेपाल टेलिकमको www.see.ntc.net.np, परीक्षा नियन्त्रण कार्यालयको www.see.gov.np र राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np मा लग-इन गरेर नतिजा हेर्न सकिनेछ।
-
एसएमएस/कल: नेपाल टेलिकमको १६०० नम्बरमा कल (IVR) गरेर वा एसएमएस (SMS) पठाएर नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाइएको छ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार नतिजा सार्वजनिक भएलगत्तै विद्यार्थीले आफ्नो ‘ग्रेड सिट’ समेत अनलाइन माध्यमबाट हेर्न सक्नेछन्।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित