• बिहिबार, १ असोज २०८३
  • फिस टेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    फिस टेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    सबलनेपाल संवाददाता
    चैत्र २६ २०८२, बिहिबार

    काठमाडौं । लेक्स।इड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । चैत २५ गते प्रभु बैँकका चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्स।इड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रा.लिका बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जन बाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरिएको हो ।  लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।

    सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्रपूणर््ा जगतपुर लज प्रा.लि मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन । यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij