काठमाडौं, २३ वैशाख २०८३
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को सर्वोच्च नेतृत्वमा अञ्जन श्रेष्ठ चयन भएका छन्। महासंघको विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार श्रेष्ठले आगामी तीन वर्षका लागि निजी क्षेत्रको छाता संगठनको बागडोर सम्हाल्ने पक्का भएको हो।
बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्ने श्रेष्ठ महासंघको इतिहासमा यसरी स्वतः अध्यक्ष बन्ने चौथो व्यक्ति हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल यही व्यवस्थाअनुसार अध्यक्ष बनेका थिए।
के छ विधानमा व्यवस्था?
महासंघको विधानको दफा २९ को उपदफा ३ मा उल्लेख भएअनुसार, कार्यकाल पूरा भएपछि वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्। सोही व्यवस्थाका आधारमा श्रेष्ठले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको उत्तराधिकारीका रूपमा नेतृत्व प्राप्त गरेका हुन्।
व्यावसायिक पृष्ठभूमि र अनुभव
नवनियुक्त अध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्। उनी विगत लामो समयदेखि अटोमोबाइल, पर्यटन, सेवा र उत्पादनमूलक क्षेत्रमा सक्रिय छन्। उनको महासंघसँगको यात्रा २०५९ सालदेखि कार्यसमिति सदस्यका रूपमा सुरु भएको थियो। विभिन्न विषयगत समितिमा रहेर काम गरिसकेका श्रेष्ठ महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
महासंघको नयाँ नेतृत्व र निर्वाचनअध्यक्ष स्वतः चयन हुने भए पनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र सदस्यहरूका लागि भने मंगलबार मतदान भएको थियो। निर्वाचनको अन्तिम नतिजा पनि आइसकेको छ, जसमा एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन्।
यो नेतृत्व परिवर्तनसँगै अञ्जन श्रेष्ठको काँधमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको तर्फबाट सरकारसँग समन्वय गर्ने र उद्योगी व्यवसायीका समस्या समाधान गर्ने मुख्य जिम्मेवारी आएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित