काठमाडौं, शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयले एक प्रेस नोट जारी गर्दै स्थानान्तरण प्रक्रियामा सहभागी हुन बाँकी रहेका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई दशरथ रंगशालास्थित ‘प्राथमिक दर्ता केन्द्र’ मा उपस्थित हुन अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार, वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन गरी व्यवस्थित पुनर्स्थापना गर्ने नेपाल सरकारको योजना रहेको छ। सोही योजना अन्तर्गत दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ।
आर्थिक अवस्था कमजोर भई आफैं व्यवस्थापन गर्न असमर्थ र वास्तविक भूमिहीन नागरिकहरूलाई सरकारी सेवा सुविधाको लाभ लिन मन्त्रालयले आग्रह गरेको छ। सरकार नागरिकहरूको सुरक्षित र दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित