काठमाडौँ – परीक्षाहरू सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले निर्देशन दिएका छन्।
सोमबार आफू कुलपति रहेका ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उनले नतिजा प्रकाशनमा ढिलाइ नगर्न स्पष्ट निर्देशन दिएका हुन्। नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुने तथा विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने भएकाले त्यसको अन्त्य गर्न उनले जोड दिएका छन्।
छलफलका क्रममा विश्वविद्यालयहरूमा देखिएका व्यवस्थापनगत समस्या, परीक्षा प्रणालीको प्रभावकारिता तथा नतिजा प्रकाशन प्रक्रियालाई छिटो, व्यवस्थित र विश्वसनीय बनाउने विषयमा समेत कुराकानी भएको थियो। प्रधानमन्त्रीले परीक्षा प्रणालीलाई समयानुकूल सुधार गर्दै नतिजा प्रकाशनलाई नियमित र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
उपकुलपतिहरूसँगको बैठकमा उच्च शिक्षा क्षेत्रका समसामयिक चुनौती तथा सुधारका उपायबारे पनि छलफल भएको जनाइएको छ। विश्वविद्यालयहरूले आफ्नो शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्रीले विशेष जोड दिएका छन्।
नतिजा प्रकाशनमा हुने ढिलाइलाई अन्त्य गर्दै शैक्षिक प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारको ध्यान केन्द्रित भएको सन्दर्भमा उक्त निर्देशनलाई महत्वपूर्ण मानिएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित