• बिहिबार, १ असोज २०८३
  • सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार–आइतबार बिदा

    सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार–आइतबार बिदा

    सबलनेपाल संवाददाता
    चैत्र २२ २०८२, आइतबार

    काठमडौँ , नेपाल सरकार ले देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। अबदेखि शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ।
    यो निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए अनुसार, पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो। इन्धनको खपत घटाउने उद्देश्यले सरकार यो निर्णयमा पुगेको बताइएको छ।
    प्रवक्ता पोखरेलका अनुसार, यो व्यवस्था भोलिदेखि (चैत २३ गते) लागू हुनेछ।
    यस निर्णयपछि अब सरकारी कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूले हप्तामा दुई दिन बिदा पाउनेछन्। यसले कामजीवन सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ सरकारी सेवा प्रवाहमा केही समायोजन आवश्यक पर्ने देखिन्छ।
    विशेषगरी, इन्धन संकटका कारण यातायात र दैनिक आवागमनमा परेको दबाब कम गर्ने लक्ष्य सरकारको रहेको छ। दुई दिन बिदाले सवारीसाधनको प्रयोग घट्ने र इन्धन बचतमा सहयोग पुग्ने अनुमान गरिएको छ।
    यद्यपि, यस निर्णयले सेवा प्रवाह, बैंकिङ, प्रशासनिक कामकाज र विद्यालयको शैक्षिक तालिकामा कस्तो असर पार्छ भन्ने विषयमा आगामी दिनहरूमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij