• बिहिबार, १ असोज २०८३
  • पश्चिम एसियाबाट नेपाली उद्धारका लागि विशेष उडान

    पश्चिम एसियाबाट नेपाली उद्धारका लागि विशेष उडान

    सबलनेपाल संवाददाता
    चैत्र २० २०८२, शुक्रबार

    काठमाडौँ _ पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने भएको छ।
    नेपाल वायुसेवा निगम ले अप्रिल ३ देखि ५ सम्म काठमाडौँ–दुबई–काठमाडौँ तथा काठमाडौँ–दमाम–काठमाडौँ उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
    परराष्ट्रमन्त्री शिशिर खनाल को निर्देशनपछि उक्त निर्णय कार्यान्वयनमा आएको हो। पश्चिम एसियामा बढ्दो असुरक्षाका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित हुँदै आएका छन्।
    सरकारले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्‍याउन विशेष उडान सञ्चालन गर्न लागेको जनाएको छ। यस कार्यका लागि सम्बन्धित निकायहरूबीच समन्वय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij