भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिइन् ।
जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख बनमालीले बताइन् । उनका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइने छ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाईसमेत यसपटक अनिवार्यरूपमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ ।
विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । खोप अभियान अन्तर्गत जिल्लामा २३१ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । प्रत्येक खोपकेन्द्रमा एक स्वास्थ्यकर्मी र एक स्वयंसेवक परिचालन हुने छन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर समस्यामध्ये एक हो । पाठेघरको क्यान्सर न्यूनीकरणका लागि ३० वर्षमाथिका महिलाको क्यान्सर ‘स्क्रिनिङ’ कार्यक्रम पनि सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि