कञ्चनपुर – कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप जनही रु ३,००० नगद भत्ता उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। लैङ्गिक समानता प्रवर्द्धन गर्ने तथा छोरीप्रतिको सकारात्मक सामाजिक धारणा विकास गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपप्रमुख शान्ती नाथका अनुसार छोरी जन्मलाई सम्मान र प्रोत्साहनसँग जोड्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। समाजमा अझै पनि छोरा प्राथमिकताको सोच विद्यमान रहेकाले त्यसलाई परिवर्तन गर्दै छोरी जन्मप्रति सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताइन्।
गाउँपालिकाले जनाएको अनुसार छोरी जन्माउने आमाले उक्त भत्ता प्राप्त गर्न विवाह दर्ता प्रमाणपत्र र नवजात शिशुको जन्म दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ। यस व्यवस्थाले कानुनी दर्ता प्रणालीलाई समेत प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।
स्थानीय तहले यसअघि पनि मातृ तथा शिशु स्वास्थ्य, आपतकालीन स्वास्थ्य सेवा र सामाजिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। जनप्रतिनिधिहरूले प्रस्तुत कार्यक्रमले दीर्घकालीन रूपमा लैङ्गिक विभेद न्यूनीकरण तथा सामाजिक चेतना अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि