• बिहिबार, १ असोज २०८३
  • दरबारमार्गस्थित होटलमा आगलागी, दमकल परिचालन

    दरबारमार्गस्थित होटलमा आगलागी, दमकल परिचालन

    सबलनेपाल संवाददाता
    माघ १५ २०८२, बिहिबार

    काठमाडौं । राजधानीको दरबारमार्गमा रहेको होटल वुडल्यान्डमा आगलागी भएको छ। होटलको माथिल्लो तलामा सञ्चालनमा रहेको एक रेस्टुरेन्टबाट आगो सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

    आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल प्रहरीका दमकलहरू घटनास्थलमा खटिएका छन्। काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगो निभाउने प्रयास तीव्र रूपमा जारी छ।

    घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी पनि परिचालित भएका छन्।

    आगलागी कसरी सुरु भयो भन्ने विषय भने हालसम्म खुलेको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij