• बिहिबार, १ असोज २०८३
  • ECAN केन्द्रीय कोषाध्यक्ष पदमा साधना पुडासैनीको उम्मेदवारी घोषणा

    ECAN केन्द्रीय कोषाध्यक्ष पदमा साधना पुडासैनीको उम्मेदवारी घोषणा

    सबलनेपाल संवाददाता
    पुष १७ २०८२, बिहिबार

    काठमाडौँ ।  नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रीय  कोषाध्यक्ष  पदमा साधना पुडासैनीले उम्मेदवारी घोषणा गरेकी छन्।

    उम्मेदवारी घोषणा गर्दै पुडासैनीले ECAN  सबैको साझा संस्था भएको बताउँदै यसको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुती अझ सुदृढ बनाउने उद्देश्यले आफू उम्मेदवार बनेको स्पष्ट पारेकी छन्।

    यसका साथै उनले आफ्नो अनुभव, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणमार्फत ECAN को कोष व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त  समेत व्यक्त गरेकी  छन्।

    “सहि व्यक्ति, सहि स्थान   भरोसायोग्य कोषाध्यक्ष” भन्ने नारासहित मैदानमा उत्रिएकी पुडासैनीले कोषाध्यक्ष पदलाई केवल हिसाब किताबसम्म सीमित विषय नभई   संस्थाप्रतिको उत्तरदायित्वसँग जोडिएको जिम्मेवारीको रूपमा लिएको बताएकी छन्।

    ECAN मा गरेको आर्थिक योगदानको सही र पारदर्शीता  संस्थालाई अझ बलियो बनाउने उनको लक्ष्य रहेको छ।
    उनका अनुसार आर्थिक पारदर्शिता र अनुशासन मजबुत भए मात्र ECAN  सबैका लागि अझ विश्वसनीय र प्रभावकारी संस्था बन्न सक्छ। त्यसका लागि कोष व्यवस्थापनलाई स्पष्ट, उत्तरदायी र सदस्य मैत्री बनाइने उनको भनाइ छ।

    पुडासैनीले ECAN लाई अझ सशक्त बनाउने यात्रामा सबैको विश्वास, सुझाव र सहयोग अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा साथ र समर्थनको अपेक्षा राखेको बताउँछिन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij