काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी निर्वाचनका लागि केन्द्रीय सचिव पदमा आशिक कार्कीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यही पौष २८ गते सम्पन्न हुन लागेको ECAN निर्वाचनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ।
हाल ECAN को केन्द्रीय समितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कार्कीले संस्थागत सुधार, आर्थिक अनुशासन र प्रशासनिक सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको दाबी गरेका छन्। यसअघि उनी एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा समेत सक्रिय थिए भने हाल मिडिया विभाग संयोजकको भूमिकामा पनि कार्यरत छन्।
“इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ” भन्ने मूल नारासहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका कार्कीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा निरन्तर सक्रिय भूमिका खेलेको बताएका छन्।
कोषाध्यक्षको रूपमा ECAN लाई कर्पोरेट संरचनातर्फ उन्मुख गराउँदै आर्थिक पारदर्शिता र संस्थागत मजबुती प्रदान गरेको उल्लेख गर्दै उनले अब संस्थाको प्रशासनिक तथा रणनीतिक कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन सचिव पदमा उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
कार्कीले आफ्नो अनुभव, निरन्तरता र स्पष्ट दृष्टिकोणका आधारमा ECAN लाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्यहरूको विश्वास, साथ र अमूल्य मतको अपेक्षा गरेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि