काठमाडौं । इन्टरनेशनल नेपाली आर्टिस्ट सोसाइटी (INAS) नेपाल च्याप्टर र कान्तिपुर डेन्टल हस्पिटल (KDC) को आपसी सहकार्यमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
उक्त कार्यक्रम २०२६ जनवरी १ गते कान्तिपुर डेन्टल हस्पिटल परिसरमा आयोजना गरिनेछ। रक्तदान कार्यक्रम बिहान ११:४५ बजेदेखि सुरु हुने जनाइएको छ।
इनास–नेपालका अध्यक्ष ऋषि लामिछानेले समाजमा देखिएको रक्त अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। “रक्तदान एक महान् मानवीय कार्य हो। हाम्रो सानो योगदानले धेरैको जीवन बचाउन सक्छ, त्यसैले सबैलाई सहभागिताका लागि आग्रह गर्दछु,” अध्यक्ष लामिछानेले बताए।
कार्यक्रममार्फत रक्तदानप्रति जनचेतना फैलाउने तथा आवश्यक परेका बिरामीलाई सहयोग पुर्याउने अपेक्षा आयोजक संस्थाहरूले गरेका छन्। कान्तिपुर डेन्टल हस्पिटलले कार्यक्रमको सम्पूर्ण स्वास्थ्य तथा प्राविधिक व्यवस्थापन गर्ने जनाएको छ।
“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा सबै इच्छुक व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि