• बिहिबार, १ असोज २०८३
  • कामना सेवा विकास बैंकद्वारा श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा पोशाक तथा शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंकद्वारा श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा पोशाक तथा शैक्षिक सामाग्री वितरण

    सबलनेपाल संवाददाता
    पुष १३ २०८२, आइतबार

    स्याङ्जा , कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री रामकोश फूलबारी माध्यमिक विद्यालय, स्याङ्जामा अध्ययनरत गरिब विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ।
    बैंकको पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई उक्त सामाग्री हस्तान्तरण हस्तान्तरण गरेका थिए। कार्यक्रममा अध्यक्ष पोखरेलले यस प्रकारको सामाजिक उत्तरदायित्व कार्यक्रमले पुतलीबजार नगरपालिका ४, रामकोश स्याङ्जामा रहेका गरिब विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
    बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै, हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।

    कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।
    कामना सेवा विकास बैंकले आगामी दिनहरुमा पनि सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक र शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij