काठमाडौँ । काठमाडौँ मलमा मुख्य शाखा रहेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ ले आज बुढानीलकण्ठ नगरपालिका हात्तिगौंडामा आज आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ। नयाँ शाखा उद्घाटनसँगै संस्थाले आफ्नो १८औँ वार्षिकोत्सव पनि एकैसाथ मनाएको हो।
उद्घाटन समारोह चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा चर्चित अभिनेत्रीहरू दीपाश्री निरौला र बेनिशा हमाल विशेष अतिथिका रूपमा सहभागी थिए । नयाँ शाखाको उद्घाटन प्रमुख अतिथि दिनेश डिसी, अभिनेत्री दीपाश्री निरौला, बेनिशा हमाल लगायतले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रश्मिलाजको दीर्घकालीन सफलताको खुलेर प्रशंसा गरे।“१८ वर्षसम्म एउटै व्यवसायलाई निरन्तरता दिनु आफैंमा ठूलो उपलब्धि हो। रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले सौन्दर्यलाई केवल सेवा मात्र होइन, एउटा व्यवस्थित उद्योगको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको छ। आर्थिक रूपमा सबल हुँदै रोजगारी सिर्जना गर्नु र व्यवसायिक अनुशासन कायम राख्नु प्रशंसनीय विषय हो,” उनले भने।
त्यसपछि अभिनेत्री दीपाश्री निरौलाले संस्थाको यात्रालाई प्रेरणादायी बताइन्।“१८ वर्षसम्म निरन्तर सफल हुनु संयोग होइन, निरन्तर मेहनत र स्पष्ट दृष्टिकोणको परिणाम हो। रश्मिला श्रेष्ठले सौन्दर्य क्षेत्रलाई आत्मनिर्भर महिलाको पहिचानसँग जोड्दै अघि बढाउनुभएको छ, जुन सबैका लागि उदाहरणीय छ,” उनले भनिन्।
त्यस्तै अभिनेत्री बेनिशा हमालले पनि रश्मिलाजको व्यवसायिक सफलताको प्रशंसा गरिन्। “रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले नेपाली सौन्दर्य क्षेत्रलाई आधुनिक सोच, प्रविधि र विश्वाससँग जोडेको छ। १८ वर्षको यात्रामा आर्थिक स्थायित्व कायम गर्नु र ब्रान्ड निर्माण गर्नु साँच्चै प्रशंसायोग्य छ,” उनले भनिन्।
संस्थाकी अध्यक्ष तथा प्रोप्राइटर रश्मिला श्रेष्ठले १८ वर्षको संघर्षपूर्ण यात्रालाई स्मरण गर्दै विस्तृत मन्तव्य दिइन्।
“१८ वर्षको यो यात्रा सजिलो थिएन। सुरुका दिनहरूमा चुनौती, सीमित स्रोत र अनिश्चितताबीच अघि बढ्नुपर्यो। धेरैपटक हिम्मत हार्ने अवस्था पनि आयो, तर ग्राहकहरूको विश्वास, मेरो टिमको निरन्तर मेहनत र परिवारको साथले मलाई अघि बढिरहन प्रेरणा दियो,”उनलेभनिन्।“रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर सधैं गुणस्तरीय सेवा, स्वच्छता, आधुनिक प्रविधि र व्यावसायिक इमान्दारितालाई प्राथमिकता दिँदै आएको छ। आज हामी आर्थिक रूपमा आत्मनिर्भर र व्यावसायिक रूपमा स्थापित हुन सफल भएका छौँ, जुन सम्पूर्ण ग्राहक र शुभेच्छुकहरूको देन हो,” उनले थपिन्।“नयाँ शाखा उद्घाटनसँगै हाम्रो लक्ष्य अझ बढी रोजगारी सिर्जना गर्ने, सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र अन्तर्राष्ट्रिय स्तरको सेवा नेपाली बजारमै उपलब्ध गराउने हो,” रश्मिलाले स्पष्ट पारिन्।
संस्थाका संरक्षक प्रकाश कुमार श्रेष्ठले नयाँ शाखा उद्घाटनसँगै सेवा विस्तार र दीर्घकालीन व्यावसायिक योजनाका बारेमा जानकारी गराएका थिए।
उद्घाटन समारोहको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, कलाकार, व्यवसायी तथा समाजसेवीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले संस्थाले सौन्दर्यसँगै सामाजिक योगदानलाई पनि उत्तिकै महत्व दिएको सन्देश दिएको थियो।
१८ वर्षअघि सानो प्रयासबाट सुरु भएको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर आज सौन्दर्य क्षेत्रमा आर्थिक रूपमा सफल, व्यावसायिक रूपमा मजबुत र विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुँदै नयाँ उचाइतर्फ अग्रसर भएको देखिन्छ। लोकप्रिय गायिका मञ्जु पौडेलले कार्यक्रमको औपचारिक सञ्चालन गरेकी थिइन्।
हाल रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले काठमाडौँ उपत्यकामा विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ।

-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित