• बिहिबार, १ असोज २०८३
  • भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच साझेदारी सेवा प्रदायकका लागि दुर्घटना बीमा कवरेज सुरु

    भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच साझेदारी सेवा प्रदायकका लागि दुर्घटना बीमा कवरेज सुरु

    सबलनेपाल संवाददाता
    मंसिर १४ २०८२, आइतबार

    काठमाडौं – नेपालकै अग्रणी होम आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालि, ले आफ्ना फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड सँग साझेदारी गरेको छ।

    हिमालयन एभरेस्ट इन्स्योरेन्स, नेपालमा विश्वासिलो गैर जीवन बीमा प्रदायकको रूपमा परिचित, भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको कम्पनी हो। यस साझेदारीअन्तर्गत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूलाई दुर्घटना बीमा कवरेज उपलब्ध गराउने भएको छ।

    भेटायोका सहसंस्थापक रोचन मान महर्जन का अनुसार, ‘हामीले आफ्नो सेवा विस्तारको केन्द्रमा सेवा प्रदायकलाई राखेका छौँ। दुर्घटना बीमा उपलब्ध गराएर हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित रहुन भन्ने हाम्रो चाहना हो।’

    यस पहलले केवल सेवा प्रदायकहरूको आत्मविश्वास बढाउने मात्र होइन, नेपालमा सेवा उद्योगमा कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिने नयाँ मापदण्ड समेत तय गर्ने अपेक्षा गरिएको छ।

    भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थन र यस पहललाई सफल बनाउन योगदानको लागि कृतज्ञता व्यक्त गरेको छ। दुवै संस्थाको साझा लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार र आम मानिस केन्द्रित सेवा वातावरण निर्माण गर्नु हो।

    भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तै ः प्लम्बिङ, इलेक्ट्रिकल, पेस्त कन्ट्रोल, घर सरसफाइ, र अन्य विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू दिन सकिने जनाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij