काठमाण्डौ- गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘गरिमा रोड रेस–२०८२’ आज शनिबार उत्कृष्ट सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि खेलकूद” भन्ने नारासहित दोस्रो संस्करणमा आयोजित प्रतियोगितामा खुला, कर्पोरेट र भेट्रान गरी महिलातर्फ र पुरुषतर्फ गरी ६ वटा श्रेणीमा प्रतिस्पर्धा गरिएको थियो।
खुला १० किलोमिटर दौड बालुवाटारस्थित गरिमा विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ–३ कार्यालयसम्म पुगेपछि सोही मार्ग हुँदै पुनः बालुवाटारमै सम्पन्न भएको थियो। महिला तर्फ ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले ३४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन् भने पुरुष तर्फ नेपाल आर्मीका राजन रोकायले २९ मिनेट १२ सेकेन्डको समय निकाल्दै विजेता बने। खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकले जित्दै बलियो उपस्थिति जनाए।
त्यसैगरी, कर्पोरेट तथा भेट्रान वर्गअन्तर्गत ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई नारायणगोपालचोक, न्युरो अस्पताल, बाँसबारी हुँदै पुनः बालुवाटारमै आएर सम्पन्न भयो। प्रतियोगितामा सहभागी १,००० भन्दा बढी धावकलाई हौसला प्रदान गर्न उल्लेख्य संख्यामा दर्शकको उपस्थिति थियो।
प्रतियोगितामा खुला विधाका विजेताले पहिलोदेखि पाँचौं स्थानसम्म क्रमशः रु. ५०,०००, ३५,०००, २०,०००, १५,००० र १०,००० नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे। कर्पोरेट तथा भेट्रान ५ किलोमिटर दौडका शीर्ष पाँच विजेतालाई क्रमशः रु. ३०,०००, २०,०००, १४,०००, १०,००० र ७,००० रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रममा बैंकका सञ्चालक, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघ–संस्था तथा स्थानीय निकायका प्रतिनिधि, पत्रकार, कर्मचारीलगायतको उत्साहपूर्ण उपस्थिति रहेको थियो। स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वस्थ र सक्रिय जीवनशैलीका लागि गरिमा रोड रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। समापन समारोहमा बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
यसैबीच, बैंकले १९औं वार्षिकोत्सवको अवसरमा आइतबार, मंसिर ७ गते देशभरका ८ स्थानमा बृहत रक्तदान कार्यक्रम तथा १९ स्थानमा सामाजिक उत्तरदायित्व (CSR) सम्बन्धी कार्यक्रम आयोजना गर्ने जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि