• शनिबार, ३ असोज २०८३
  • डिशहोम र ‘डल्ले’ बीचको सहकार्य : अब डल्ले रेस्टुरेन्टमा विशेष छुट

    डिशहोम र ‘डल्ले’ बीचको सहकार्य : अब डल्ले रेस्टुरेन्टमा विशेष छुट

    सबलनेपाल संवाददाता
    असोज ३१ २०८२, शुक्रबार

    काठमाडौं – नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा निरन्तर अग्रसर कम्पनी डिशहोमले चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’सँग नयाँ सहकार्यको घोषणा गरेको छ। यस साझेदारी अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत आफ्ना ग्राहकहरूलाई डल्ले रेस्टुरेन्टका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने भएको हो।

    सम्झौताअनुसार डिशहोमका सक्रिय ग्राहकहरूले अब देशभर रहेका डल्ले रेस्टुरेन्टहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी आफ्नो दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ। एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर ग्राहकले डल्ले रेस्टुरेन्टमा छुट पाउन सक्नेछन्।

    यस सहकार्यलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो।

    ‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एक स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक ढंगमा प्रस्तुत गर्दै देशभरका ग्राहकहरूको मन जितेको छ। आकर्षक वातावरण, उत्कृष्ट सेवा र स्वादिष्ट परिकारका कारण लोकप्रिय डल्लेले पछिल्ला वर्षहरूमा आफ्नो शाखा विस्तार गर्दै आएको छ।

    डिशहोमले पछिल्ला वर्षहरूमा इन्टरनेट र टेलिभिजन सेवाभन्दा पर जान्दै आफ्ना ग्राहकहरूको जीवनशैलीमा मूल्य थप्ने उद्देश्यसहित विभिन्न सहकार्यहरू गरिरहेको छ। कम्पनीले भविष्यमा पनि यस्ता साझेदारीहरूलाई निरन्तरता दिँदै ग्राहकहरूलाई थप सुविधा र लाभ प्रदान गर्ने योजना बनाएको जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij