• शनिबार, ३ असोज २०८३
  • २० अगस्टको एडमिशन डे विद्यार्थीका लागि सुनौलो अवसर

    २० अगस्टको एडमिशन डे विद्यार्थीका लागि सुनौलो अवसर

    सबलनेपाल संवाददाता
    भाद्र ३ २०८२, मंगलबार

    काठमाडौं — पुतलीसडकमा अवस्थित Brilliant Education and Career Services लामो समयदेखि नेपालका विद्यार्थीलाई विदेश अध्ययन र करिअर परामर्श सेवा दिँदै आएको एक प्रतिष्ठित संस्था हो। हजारौं विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्न सफल यो संस्थाले आउँदो २० अगस्ट २०२५, बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म राजधानीमा विशेष ‘एडमिशन डे’ आयोजना गर्दैछ।

    कार्यक्रममा विद्यार्थीहरूले अन–द–स्पट एडमिशन, विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, IELTS/PTE विशेष सेसन, व्यक्तिगत काउन्सिलिङ, तथा छात्रवृत्तिको अवसर पाउनेछन्। यसै विषयमा हामीले संस्थाकी प्रबन्ध निर्देशक कल्पना बस्नेतसँग कुराकानी गरेका छौं।

    २० अगस्टमा हुन लागेको एडमिशन डे आयोजना गर्नुको मुख्य उद्देश्य के हो?
    कल्पना बस्नेत : हाम्रो मुल उद्देश्य विद्यार्थीलाई आवश्यक सम्पूर्ण जानकारी एउटै ठाउँमा उपलब्ध गराउनु हो। प्रायः विद्यार्थी र अभिभावकले विदेश पढ्न जाने निर्णय गर्दा धेरै प्रश्न र अन्योल भोग्नुपर्छ। कुन देशमा जानु उपयुक्त हुन्छ, कुन विषय रोज्दा भविष्यमा राम्रो सम्भावना हुन्छ, छात्रवृत्ति कस्तो पाइन्छ भन्ने विषयमा धेरै द्वन्द्व हुन्छ। हामीले यही समस्यालाई समाधान गर्न एडमिशन डे ल्याएका हौं। यस दिन विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विश्वविद्यालयका प्रतिनिधिसँग भेटेर आफ्नो योग्यताको मूल्याङ्कन गर्न सक्नेछन्, तुरुन्तै काउन्सिलिङ लिन सक्नेछन् र आवश्यक परे आवेदन पनि त्यहीँ दिन सक्नेछन्। यसले विद्यार्थीलाई समय, खर्च र ऊर्जा बचत गर्छ।

     

    यस कार्यक्रममा विद्यार्थी र अभिभावकले के–कस्तो सुविधा र अवसर पाउनेछन्?
    कल्पना बस्नेत : एडमिशन डेमा आएका विद्यार्थीलाई हामीले धेरै किसिमका सुविधा उपलब्ध गराउँदैछौं। सबैभन्दा ठूलो कुरा, उनीहरूले अन–द–स्पट एडमिशन गर्न सक्नेछन्। यसले गर्दा लामो प्रक्रिया र प्रतीक्षा समय घट्छ। यसैगरी, वन–अन–वन काउन्सिलिङ हुनेछ जहाँ विद्यार्थी र अभिभावकले आफ्ना प्रश्न राख्न सक्नेछन्। IELTS र PTE तयारीबारे विशेष सेसन राखिएको छ, जसले विद्यार्थीलाई आफ्नो भाषिक क्षमता अझ सुदृढ बनाउन मार्गदर्शन गर्नेछ।
    सबैभन्दा उत्साहजनक कुरा भनेको १० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजका प्रतिनिधि यही कार्यक्रममा उपस्थित हुनेछन्। यसले गर्दा विद्यार्थीले विभिन्न संस्थाबारे प्रत्यक्ष सुन्न, तुलना गर्न र उपयुक्त विकल्प छनोट गर्न सक्नेछन्। साथै योग्य विद्यार्थीलाई छात्रवृत्ति दिलाउने व्यवस्था पनि गरिएको छ।

     

    शिक्षा सबैका लागि, पहिलो देश अनि विदेश’ भन्ने नाराले Brilliant Education and Career Services को दृष्टि कसरी झल्काउँछ?
    कल्पना बस्नेत : यो नारा हाम्रो संस्थाको दर्शन हो। हामी अन्धाधुन्ध विदेश अध्ययन मात्र प्रमोट गर्ने पक्षमा छैनौं। पहिलो प्राथमिकता आफ्नो देशमा उपलब्ध अवसरलाई बुझ्ने, अध्ययन गर्ने र प्रयोगमा ल्याउने हुनुपर्छ भन्ने हाम्रो सोच हो। तर विद्यार्थीलाई अझै फराकिलो अवसर चाहिन्छ भने विदेशमा गुणस्तरीय शिक्षा लिन हामीले मार्गदर्शन गर्नेछौं। हामी विद्यार्थीलाई सधैं सन्तुलित जानकारी दिन्छौं ।ताकि उनीहरूले दीर्घकालीन रूपमा सही निर्णय लिन सकून्। यस अर्थमा, हाम्रो भूमिका केवल विदेश पठाउने मात्र होइन, बरु विद्यार्थीको भविष्य निर्माण गर्ने हो।

     

    धेरै विश्वविद्यालय र कलेज एकै मञ्चमा ल्याउनुको लाभ विद्यार्थीलाई कसरी पुग्छ?
    कल्पना बस्नेत : सामान्यतया विद्यार्थीले विश्वविद्यालय छनोट गर्दा इन्टरनेट वा एजेन्टको भरमा मात्रै निर्णय गर्नुपर्ने अवस्था हुन्छ। तर त्यो पर्याप्त हुँदैन। प्रत्यक्ष प्रतिनिधिसँग कुरा गर्दा विद्यार्थीले आफ्नो प्रश्नको तत्काल उत्तर पाउँछन्। उनीहरूले स्कोलरशिप, विषय छनोट, भविष्यको करिअर सम्भावना जस्ता कुरा स्पष्ट बुझ्न सक्छन्। हामीले १० भन्दा बढी विश्वविद्यालय र कलेज एकै मञ्चमा ल्याएका छौं, जसले गर्दा विद्यार्थीलाई एउटै दिनमा धेरै विकल्प उपलब्ध हुन्छ। यसरी उनीहरूले तुलना गरेर आफ्नो लागि सबैभन्दा उपयुक्त निर्णय लिन सक्नेछन्।

    अन्त्यमा तपाईंले विद्यार्थी र अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ?
    कल्पना बस्नेत : २० अगस्टको एडमिशन डे विद्यार्थी र अभिभावकका लागि साँच्चिकै सुनौलो अवसर हो। यस दिन आउनुहुनेहरूले शिक्षा र भविष्यबारे प्रत्यक्ष र प्रामाणिक जानकारी पाउनुहुनेछ। सबै अभिभावकलाई अनुरोध गर्न चाहन्छु कि आफ्नो छोराछोरीलाई सही दिशामा लैजान यस कार्यक्रममा ल्याउनुहोस्। म विद्यार्थीहरूलाई यो भन्न चाहन्छ की यो तपाईंको भविष्य निर्माण गर्ने अवसर हो, यसलाई गुमाउनु हुँदैन। Brilliant Education and Career Services सधैं तपाईंको साथमा रहनेछ। हामी केवल विदेश पढ्न पठाउने मात्र होइन, बरु तपाईंको जीवनलाई उज्वल भविष्यतर्फ डो-याउने साथी हौं।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij