हरिकृष्ण ऐडी
मुगु
नेपाली काँग्रेस मुगुले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति मुगुले दुईदिने प्रशिक्षण आयोजना गरी जिल्लाका क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिएको हो । एक नगरपालिका र तीन गाउँपालिका रहेको मुगुका तीन सय जना क्रियाशील सदस्यलाई आइतवार र सोमवार पार्टी केन्द्रीय सदस्य प्रशिक्षक मधु आचार्यले प्रशिक्षण दिएका हुन्।
पार्टीबाट स्थानीय तहमा निर्वाचित नगर तथा गाउँपालिका प्रमुख, उपप्रमुख, सदस्य, जिल्ला कार्य समिति सदस्य, पालिकास्तरीय कार्य समितिका क्रियाशील नेता तथा सदस्यलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको जानकारी दिइएको छ। प्रशिक्षणबाट तीन सय जना प्रशिक्षक उत्पादन भएको प्रशिक्षक आचार्यले जानकारी दिए।
पूर्व शिक्षा राज्यमन्त्री एवम् पार्टी नेता हस्त बहादुर मल्लले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य पार्टीको इतिहास र कार्यकर्तालाई पार्टी प्रति जवाफदेही र कर्तव्यवोध गराउन प्रशिक्षण आयोजना गरिएको बताए । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रशिक्षण तथा अनुसन्धान निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य मधु आचार्य, कर्णाली प्रदेश समितिका दमक बहादुर शाहीले प्रशिक्षण दिएको बताइएको छ । जिल्लामा तीनसय जना प्रशिक्षकहरू तयार पारी जिल्लाका ४५ वडाकै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिने तयारीमा रहेको नेता मल्लले जानकारी दिए।
पार्टी जिल्ला कार्य समितिका उपसभापति कर्ण बहादुर रावलले ‘जागरुक क्रियाशील सदस्य, नेपाली कांग्रेसको सुदृढ भविष्य’ भन्ने नारासहित जिल्लामा प्रशिक्षण दिएको बताए। प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, काग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता लोकतन्त्र र समाजवाद कांग्रेसको सदस्यता आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको रावलले जानकारी दिए।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि