काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वाधिक लोकप्रिय टिम सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट गरिएका ८ जना ‘हिरो’ खेलाडीमध्ये रावल एक हुन्। सुशील रावलले हालै सम्पन्न सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय ACC U-16 East Zone Cup मा नेपाली टोलीबाट खेलेका थिए। उनले नेपाललाई उपाधि जिताउने यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।
सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने “हामी अत्यन्तै हर्षित छौं, किनभने हाम्रो ट्यालेन्ट हन्टबाट छनोट गरिएका खेलाडीहरूले राष्ट्रिय टिमसम्म स्थान बनाउनु गर्वको कुरा हो। सुशील रावलजस्ता प्रतिबद्ध र अनुशासित खेलाडीलाई सहयोग गर्न पाउनु हामी सबैका लागि प्रेरणादायी छ।”
सिंगापुरमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो।
CEO खड्काले भविष्यमा अझ धेरै नयाँ प्रतिभाहरूको खोज र प्रोत्साहनमा जोड दिँदै थपे, सुदूरपश्चिममा अझ धेरै लुकेका हिरा छन्। हामी निरन्तर नयाँ ट्यालेन्ट पहिचान र प्रोत्साहनमा लाग्नेछौं। एनपीएलको तयारी पनि भव्यताका साथ हुँदैछ। यो सिजनमा अझ राम्रो र फरक तरिकाले तयारी गरिरहेका छौं। फ्यानहरूले धैर्य राख्न अनुरोध गर्दछु।’ सुदूरपश्चिम रोयल्सको यो पहललाई क्षेत्रीय खेल विकासमा निजी क्षेत्रको उत्कृष्ट उदाहरणको रूपमा हेरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि