काठमाडाैं – सामाजिक सञ्जालको उदयसँगै अभिव्यक्ति स्वतन्त्रता एक किसिमको डिजिटल जनतन्त्रमा रूपान्तरण भएको छ। हरेक व्यक्तिलाई आफ्नो विचार राख्ने स्वतन्त्रता भए पनि, पछिल्लो समय त्यसको दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ।
विशेषगरी, नेपाली मनोरञ्जन क्षेत्रमा क्रियाशील महिला कलाकारहरू—गायिका, नायिका, मोडलहरू—सोझै लक्षित हुँदै गाली, अश्लीलता, चरित्र हत्या र दमनका शिकार भइरहेका छन्।
जहाँ एउटा सानो तस्बिर, व्यक्तिगत घटना वा व्यावसायिक निर्णयलाई लिएर महिला कलाकारहरूमाथि अनावश्यक टिप्पणी गरिन्छ, त्यहाँ सामाजिक सञ्जालको स्वच्छता र उद्देश्यमाथि प्रश्न उठ्न थालेको छ। “हाम्रो संस्कृति यस्तो होइन” भन्नेहरूकै भाषामा अश्लील शब्द, अभद्र गाली र आपत्तिजनक भिडियो क्लिप बनाइन्छन्, जो सिरियस साइबर अपराधको श्रेणीमा आउँछन्।
यस्ता घटनाहरू विशेषगरी चर्चित महिला सेलिब्रिटीहरूमा केन्द्रित देखिन्छ—उनीहरूको व्यक्तिगत जीवनदेखि परिवार, बालबालिकासम्मलाई पनि घिसारेर सामाजिक सञ्जालमा एक किसिमको ‘डिजिटल सार्वजनिक यातना’ दिने काम भइरहेको छ। कसैले वैवाहिक सम्बन्ध टुंग्यायो भने उनलाई ‘चरित्रहीन’ बनाइन्छ, कसैले बोल्न हिम्मत गर्यो भने ‘प्रचारबाजी’ भनेर हेला गरिन्छ।
यसै सन्दर्भमा, पछिल्लो समय गायिका समीक्षा अधिकारी र एलिना चौहानजस्ता कलाकारहरूले यस्तो अनियन्त्रित अश्लीलता र अभद्रताको विरुद्ध प्रतिकार गर्न थालेका छन्। उनीहरूले आफूलाई गाली गर्ने, अश्लील कमेन्ट गर्ने, चरित्रमा प्रहार गर्ने व्यक्तिहरूको प्रोफाइलसहित तस्बिर सार्वजनिक गरी सामाजिक उत्तरदायित्वपूर्ण चेतना फैलाउने अभियान चलाएका छन्। यसले नयाँ खालको बहस जन्माएको छ—कि अब कलाकार चुप बस्दैनन्, प्रतिकार गर्छन्।
समीक्षा अधिकारीको ‘डिजिटल प्रतिकार’गायिका समीक्षा अधिकारीले पछिल्लो समय आफ्नो सामाजिक सञ्जालमा अभद्र र अनैतिक टिप्पणी गर्ने व्यक्तिहरूको प्रोफाइल, उनीहरूले लेखेका शब्दहरू, र सन्देशहरूलाई छर्लंगसाथ उजागर गर्न थालेकी छन्। सामाजिक संजाललाई नै प्रतिकारको माध्यम बनाएर उनले ठाडो रूपमा भनेकी छन्
“अब चुप लाग्दिनँ”
सानो उमेरमै धेरै अप्ठ्यारो मोडहरू भोगेकी समीक्षाले त्यो कठिनाइलाई जीवनको शक्ति बनाएर आफ्नो पहिचान बनाइन्। तर सफलतासँगै सामाजिक सञ्जालमा झनै चरित्र हत्या, अनावश्यक आरोप, अनि अश्लील कमेन्टहरूले पिरोलिन थाल्यो। लामो समय मौन बसेकी समीक्षाले अब प्रतिकार गर्न सुरु गरेकी छन् — गाली गर्नेहरूको नाम, अनुहार, शब्द र प्रवृत्तिसहित सार्वजनिक गर्दै।

उनको यो साहसी कदमले धेरै दर्शक श्रोतामाझ समर्थन पाएको छ। कलाकार साथीहरूमात्र होइन, सामान्य नागरिकहरूले पनि यो शैलीलाई सकारात्मक प्रतिकारका रूपमा लिएका छन्।उनको य यो कदमले पछिल्लो पुस्ताका युवाहरू र महिलाहरूका लागि मनोबल बढाउने प्रेरणास्रोत बन्दै गएको छ।
त्यस्तै अर्की गायिका एलिना चौहानले पनि आफ्नो वैवाहिक सम्बन्ध टुंगिएपछि त्यसलाई लिएर सामाजिक सञ्जालमा आएको गालीगलौजविरुद्ध स्पष्ट रूपमा आवाज उठाएकी छन्। एलिनाले उनीमाथि दुर्व्यवहार गर्नेहरूको तस्बिर, कमेन्ट र प्रोफाइल विवरणसहित फेसबुकमा सार्वजनिक गर्न थालेपछि प्रत्यक्ष असर देखिन थालेको बताएकी छन्। “जब मैले प्रोफाइलहरू सार्वजनिक गर्न थालेँ, त्यसपछि यसको प्रभाव देखिन थाल्यो। अहिले त प्रायः पोजेटिभ कमेन्ट मात्रै आउन थालेका छन्। ८० प्रतिशत कमेन्टहरू घटिसकेका छन्, बाँकी २० प्रतिशत पनि सम्हालिएर लेखिएको देखिन्छ।”

एलिनाको रणनीति ‘जस्तालाई तस्तै’ भन्ने उखानमै आधारित छ — गाली फर्काएर होइन, गाली गर्ने अनुहार देखाएर प्रतिवाद। सेलिब्रिटी भएर चुप लाग्नुपर्ने, सहनुपर्ने मानसिकता अब फेरिएको उनले संकेत दिएकी छन् । नेपाली समाजमा अझै पनि महिलाको व्यक्तिगत जीवनलाई लिएर टिप्पणी गर्ने, खासगरी उनीहरू पब्लिक फिगर भए, भने चरित्रमाथि सीधा प्रहार गर्ने प्रवृत्ति गहिरिएको देखिन्छ। एउटी महिला कलाकारको ड्रेस, बोली, अभिव्यक्ति वा सम्बन्धबारे सामाजिक सञ्जालमा छोटो कुरालाई पनि विवाद बनाउने, अनि त्यसकै आधारमा अनलाइन गालीगलौज गर्ने संस्कार बनिरहेको छ।
महिला कलाकारहरू धेरैले मनोवैज्ञानिक हिंसा सहिरहेका छन्, जसको लेखाजोखा छैन। अब उनीहरूले आफ्नो मौनता तोड्न थालेका छन्। सामाजिक सञ्जालको स्वतन्त्रतालाई दुरुपयोग गर्नेहरूलाई आईनाको सामना गराउन थालेका छन्। अब महिला कलाकारहरू चुप लाग्ने छैनन्। उनीहरूले आफ्नो सम्मानको लडाइँ सार्वजनिक रूपमा लड्न थालिसकेका छन्। सामाजिक सञ्जालले जहाँ सशक्त अभिव्यक्तिको माध्यम दिएको छ, त्यहीँ केही सीमाहीन, जिम्मेवारीविहीन प्रयोगकर्ताहरूले यसलाई घृणा, लाञ्छना र अश्लिलताको डुङ्गा बनाइदिएका छन्। विशेषगरी महिला कलाकारहरू, जो स्वर, प्रतिभा र परिश्रमको बलमा अगाडि बढिरहेका छन् । नीहरूलाई नै निरन्तर गालि, अभद्रता र चरित्र हत्या गर्ने शैलीमा प्रस्तुत गर्नु समाजको दुर्भाग्य हो।

गायिका समीक्षा अधिकारी र एलिना चौहानजस्ता कलाकर्मीहरूले यस्तो डिजिटल हिंसाविरुद्ध आवाज उठाउनु मात्र होइन्, आफूलाई गाली गर्ने, चरित्रमा प्रहार गर्ने अनुहारहरूलाई समाजकै अगाडि ल्याएर एउटा बहसको ढोका खोलेका छन्। यसले धेरैलाई सोच्न बाध्य बनाएको छ
के अब पनि हामी चुप लाग्ने ?
यो अभियान डर देखाउने हैन, चेतना फैलाउने हो। कलालाई सम्मान गर्ने संस्कार जन्माउने हो। अब समय आएको छ—आफ्ना स्क्रिन पछाडि लुकेर अरूको इज्जतमाथि आक्रमण गर्नेलाई होइन, इमानदारीले काम गर्नेहरूलाइ समर्थन गर्ने सोच बनाउने। त्यसैले सामाजिक सञ्जाल सशक्तिकरणको माध्यम हो, दमनको होइन—त्यसलाई सही दिशामा लैजान हामी सबैको जिम्मेवारी हो।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग