• बिहिबार, १ असोज २०८३
  • एसईई दिएका विद्यार्थीका लागि पब्लिक स्पिकिङ तालिम सम्पन्न

    एसईई दिएका विद्यार्थीका लागि पब्लिक स्पिकिङ तालिम सम्पन्न

    सबलनेपाल संवाददाता
    जेष्ठ २८ २०८२, बुधबार

    काठमाडौँ – शिक्षा र आत्मविकास सँगसँगै अघि बढ्नुपर्छ भन्ने उद्देश्यले युनिग्लोब कलेज र “लाईफ कम्युटर” को संयुक्त प्रयासमा सार्वजनिक बोल्ने सीपसम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। प्रारम्भिक शिक्षा परीक्षा (एसईई) सकेर खाली समयमै रहेका करिब ३५० विद्यार्थीहरूलाई लक्षित गरी यो तालिम दुई चरणमा युनिग्लोब कलेज परिसरमा सञ्चालन गरिएको थियो।
    तालिममा विद्यार्थीलाइ प्रभावकारी रूपमा प्रस्तुति दिन सिकाउने, आत्मविश्वास बढाउने, र नेतृत्व क्षमता विकास गर्ने जस्ता मुख्य विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक आदेश काफ्ले र स्तुति खनालले सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत सार्वजनिक बोल्ने सीपहरू सिकाएका थिए।
    कार्यक्रममा लाईफ कम्युटर का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश पोख्रेलले पब्लिक स्पिकिङको महत्त्वबारे आफ्नो धारणा राख्दै भने “बोल्ने कला अहिलेको जेनेरेशनका लागि हतियार हो। समाजमा व्यक्तित्व चिनाउन र अवसर पाउनका लागि भाषण कला अपरिहार्य भइसकेको छ।”
    त्यस्तै लाईफ कम्युटर की म्यानेजिङ डाइरेक्टर लक्ष्मी खत्रीले तालिमबारे धारणा राख्दै भनिन् “एसईई दिएर खाली समयमै रहेका विद्यार्थीहरूको भविष्यतर्फ सोचेर गरिएको यो पहलले उनीहरूको आत्मविश्वास र सोचाइको तरिका नै फरक बनाउनेछ।”
    कार्यक्रममा युनिग्लोब कलेजका शैक्षिक निर्देशक डिल्लीराम उप्रेतीले यस्ता तालिमहरू युवा पुस्ताको व्यक्तित्व विकासमा अत्यन्त सहायक हुने बताए।
    ‘लाईफ कम्युटर’ले हाल बागबजार, कुमारीपाटी र सोह्रखुट्टेमा शाखा रहेको लाईफ कम्युटर ले कम्प्युटर, डिजाइन, वेबसाइट निर्माण लगायतका प्राविधिक तालिमहरू दिँदै आएको छ। पछिल्लो समय व्यक्तिगत विकास र ‘सफ्ट स्किल्स’ तालिमहरू पनि विस्तार गरिरहेको संस्थाले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij