काठमाडौँ नयाँ शैक्षिक नियमावलीका कडा प्रावधानविरुद्ध आन्दोलित कन्सल्टेन्सी व्यवसायी र सरकारबीच पर्सि दिउँसो ३ बजे निर्णायक वार्ता हुने भएको छ।
विवादित नियमावलीका विषयमा देखिएको असन्तुष्टि सम्बोधन गर्दै सकारात्मक निकास निकाल्न शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले व्यवसायीहरूलाई वार्ताको टेबलमा बोलाएका हुन्।
नियमावलीमा तोकिएको २५ लाख धरौटी र शैक्षिक मेलामाथिको पूर्ण प्रतिबन्ध जस्ता अव्यावहारिक सर्तहरू परिमार्जन हुनुपर्ने व्यवसायीको मागका विषयमा मन्त्रालयले पहल थालेको हो। एक विशेष स्रोतका अनुसार, समस्यालाई सडकमै लम्ब्याउनुभन्दा सरोकारवालासँगै बसेर संवादमार्फत बीचको बाटो खोज्न सरकार गम्भीर र लचिलो देखिएको छ। व्यवसायलाई व्यवस्थित बनाउने तर व्यवसायीलाई पनि मर्का नपर्ने गरी मागहरू सम्बोधन गर्न मन्त्री पोखरेल सकारात्मक रहेको स्रोतले जनाएको छ।
मन्त्रालय र आन्दोलित व्यवसायीबीच संवादको ढोका खुलेपछि कन्सल्टेन्सी क्षेत्रमा देखिएको पछिल्लो अन्योल छिट्टै अन्त्य हुने विश्वास लिइएको छ। पर्सिको यस विशेष छलफलले समग्र शैक्षिक परामर्श क्षेत्रको समस्या समाधान गर्दै ठोस निकास दिने अपेक्षा गरिएको छ।
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो