• बुधबार, ३१ भाद्र २०८३
  • व्यावसायिक सफलताको उचाइमा श्रेषु आचार्य: अब धुम्बाराहीमा ‘कोसिस लाइफ स्टाइल’ को औपचारिक सुरुवात हुँदै

    व्यावसायिक सफलताको उचाइमा श्रेषु आचार्य: अब धुम्बाराहीमा ‘कोसिस लाइफ स्टाइल’ को औपचारिक सुरुवात हुँदै

    सबलनेपाल संवाददाता
    साउन २ २०८३, शनिबार

    पर्यटन र हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी सफल उद्यमी श्रेषु आचार्यले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउँदै फेसन र जीवनशैलीको बजारमा प्रवेश गरेकी छिन्। ‘थ्याङ्क यू ट्राभल’ व्यवसायलाई सफलतापूर्वक सञ्चालन गरेर ख्याति कमाएकी आचार्यले अब काठमाडौंको धुम्बाराहीमा ‘कोसिस लाइफ स्टाइल’ (Kosis Life Style) नामक नयाँ उद्यमको थालनी गर्न लागेकी छिन्।

    लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय आचार्यको यो नयाँ पाइलालाई ‘मल्टी-बिजनेस’ (बहु-व्यवसाय) तर्फको उनको रणनीतिक विस्तारका रूपमा हेरिएको छ। आगामी साउन ९ गते, शनिबार औपचारिक रूपमा उद्घाटन हुन गइरहेको ‘कोसिस लाइफ स्टाइल’ विशेष गरी महिलाहरूको फेसन र जीवनशैलीका आवश्यकतालाई केन्द्रित गरेर सञ्चालनमा ल्याउन लागिएको हो।

    धुम्बाराहीस्थित मर्क्योर होटलको छेउमा, सुकेधाराबाट पीपल बोटतर्फ १०० मिटरको दूरीमा अवस्थित यस शोरुममा गुणस्तरीय महिला पहिरनहरू (Ladies’ Wear) लाई प्रमुख प्राथमिकता दिइएको छ। फेसन र लक्जरी उत्पादनहरूमा रुचि राख्ने उपभोक्ताहरूलाई लक्षित गर्दै यस आउटलेटमा ब्रान्डेड झोलाहरू, सुगन्धित परफ्युमहरू, स्टाइलिस सनग्लास, ब्रान्डेड जुत्ताहरू तथा विभिन्न प्रकारका गहनाहरू उपलब्ध हुनेछन्।

    आफ्नो व्यावसायिक यात्राबारे उद्यमी आचार्यले गुणस्तर र इमानदारीलाई नै आफ्नो मूलमन्त्र बनाएकी छिन्। सस्तो लोकप्रियता र फजुल खर्चभन्दा पनि दीर्घकालीन सन्तुष्टि र गुणस्तरीय सेवामा विश्वास राख्ने उनको यो नयाँ उद्यमले बजारमा महिलाहरूका लागि छनोटको एउटा विश्वसनीय गन्तव्य थप्ने विश्वास गरिएको छ।

    ‘कोसिस लाइफ स्टाइल’ ले आफ्नो उद्घाटनका दिन ग्राहकहरूलाई स्वागत गर्ने तयारी गरिरहेको छ। व्यवसायबारे थप जानकारी वा सोधपुछका लागि इच्छुक व्यक्तिहरूले ९८५-१३२७७०९ र ९८२-१३९९८०१ मा सम्पर्क गर्न सक्नेछन्। व्यावसायिक इमानदारी र निरन्तरको संघर्षलाई नै सफलताको कडी मान्ने आचार्यको यस नयाँ व्यावसायिक अध्यायले फेसन पारखीहरूका लागि नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij