काठमाडौँ | नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) ले शिक्षा क्षेत्रमा नीतिगत बहसलाई थप घनिभूत बनाउने उद्देश्यका साथ आगामी असार २८ गते (१२ जुलाई २०२६) काठमाडौँको म्यारियट होटलमा ‘ईक्यान एडुकलेभ ४.०’ (ECAN EduClave 4.0) आयोजना गर्ने भएको छ। नक्सालस्थित म्यारियट होटलमा हुने यस कार्यक्रमले नेपालको शैक्षिक परामर्श व्यवसायलाई ‘सीप र नवप्रवर्तन’ को नयाँ युगमा लैजाने तयारी गरेको छ।
कार्यक्रमको तयारीबारे बोल्दै ईक्यानका अध्यक्ष एन्ड्रयू पौडेलले अबको प्रतिस्पर्धा डिग्रीमा आधारित नहुने बताउनुभयो। “अबको प्रतिस्पर्धा डिग्रीको होइन, ज्ञान, सीप र नवप्रवर्तनको हो,” अध्यक्ष पौडेलले भन्नुभयो, “परामर्शदाताहरूले विद्यार्थीलाई केवल भर्ना केन्द्रसम्म सीमित नराखी उनीहरूको ‘क्यारियर आर्किटेक्ट’ र ‘ग्लोबल अपर्च्युनिटी नेभिगेटर’ को रूपमा भूमिका निर्वाह गर्नुपर्छ।”
अध्यक्ष पौडेलले अघिल्ला संस्करणहरूभन्दा यस पटकको एडुकलेभ फरक रहने बताउँदै थप्नुभयो, “हामीले विद्यार्थीलाई केवल श्रम बजारका लागि मात्र होइन, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी र विश्वव्यापी नेतृत्व (Global Leader) का रूपमा समेत विकास गर्ने रणनीति बनाउनु आवश्यक छ।”
कार्यक्रमका मुख्य उद्देश्यबारे स्पष्ट पार्दै उहाँले नियमन भन्दा पहिले संवादको खाँचो रहेको औँल्याउनुभयो। उहाँले भन्नुभयो, “सरकार, विश्वविद्यालय र परामर्शदाताहरू एउटै इकोसिस्टमका साझेदार हुन्। बलियो नीति तब बन्छ जब नियमनभन्दा पहिले संवाद हुन्छ। एडुकलेभ ४.० ले त्यही संवादको माध्यमबाट शैक्षिक क्षेत्रका अवरोधहरूलाई हटाएर ‘ब्रिज’ को काम गर्नेछ।”नेपाली विद्यार्थीहरूको सपनालाई पोखरीमा सीमित नराखी विश्वको विशाल सागरमा फैलाउनुपर्नेमा जोड दिँदै पौडेलले भन्नुभयो, “हामीले अब ब्यारियर (बाधा) हटाएर ब्रिज (पुल) बन्ने गरी काम गर्नुछ।”
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”