• बिहिबार, १ असोज २०८३
  • वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ: अर्थमन्त्री डा. वाग्ले

    वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ: अर्थमन्त्री डा. वाग्ले

    सबलनेपाल संवाददाता
    जेष्ठ २७ २०८३, बुधबार

    काठमाडौँ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र आफूमाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको दाबी गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो गम्भीर आरोप लगाउनुभएको हो।

    सरकारले इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन गरिरहेको र उक्त मुद्दा केही दिनमै अदालत पुग्न लागेकाले त्रसित भएको समूहले आफूहरू विरुद्ध प्रहार गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उहाँले भन्नुभयो,”हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वहरूबाट प्रधानमन्त्रीज्यू र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।”

    उहाँले सार्वभौम संसद्का माननीय सदस्यहरूलाई समेत त्यस्ता अपराधी समूहको कुरा र हल्लाको प्रभावमा नपर्न विशेष आग्रह गर्नुभयो। संसद्को गरिमालाई कसैको लहलहैमा लागेर कमजोर पार्न नहुनेमा जोड दिँदै उहाँले सांसदहरूलाई सचेत रहन समेत ध्यानाकर्षण गराउनुभएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij