काठमाडौँ ।सरकारले सरकारी निकायहरूमा अनुशासन र सुशासन कायम गर्न सुरु गरेको आकस्मिक अनुगमनका क्रममा ठुलो सङ्ख्यामा कर्मचारीहरू कारबाहीमा परेका छन्।
गत चैत १३ गतेदेखि हालसम्म देशभरका ५०९ वटा सरकारी कार्यालयमा गरिएको विशेष अनुगमनका क्रममा कुल ५,५१४ जना कर्मचारी कारबाहीमा परेका हुन्।
अनुगमनका क्रममा सरकारी कर्मचारीहरूमा समय पालनाको चरम लापरबाही देखिएको छ। कारबाहीमा परेका कुल कर्मचारीमध्ये ५,०९७ जना कर्मचारी कार्यालय समय पालना नगरेका कारण कारबाहीको भागीदार बनेका हुन्। बाँकी कर्मचारीहरू तोकिएको पोसाक नलगाउने र विना सूचना कार्यकक्षमा अनुपस्थित रहने गरेका थिए।
सम्बन्धित निकायका अनुसार नियम उल्लंघन गर्ने सबै कर्मचारीहरूलाई आवश्यक विभागीय कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ र आगामी दिनमा पनि यस्तो आकस्मिक अनुगमनलाई निरन्तरता दिइनेछ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि