जाजरकोट। भेरी नगरपालिकाको आयोजनामा स्थानीय महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ जाजरकोट शाखा र अकोराब कर्णाली प्रदेशको समन्वयमा भेरी नगरपालिकाको सभाहलमा आयोजित उक्त तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरूको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले उद्घाटन गर्नुभएको उक्त तालिमको समापन कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसी र प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि बेल्बासेले तालिम निकै प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा सञ्चार क्षेत्रमा महिला सहभागिता बढाउने, सञ्चार माध्यमको व्यवस्थापकीय पक्ष, नेतृत्व क्षमता विकास, लैङ्गिक संवेदनशील पत्रकारिता, समाचार तथा फिचर लेखन, फोटो एवं भिडियो पत्रकारिता, र अनुसन्धानमूलक पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। साथै, सहभागीहरूलाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, पत्रकारिताको आचारसंहिता तथा पेशागत मर्यादासम्बन्धी विषयमा समेत अभिमुखीकरण गरिएको थियो।
तालिमको दोस्रो दिन कर्णाली प्रदेश अकोराबका कोषाध्यक्ष बालकुमार शर्मा र गोर्खापत्र दैनिकका सहदेव बस्नेतले विकास पत्रकारिता, स्कृप्ट लेखन, भिडियो निर्माण र मिडिया एडिटिङबारे सहजीकरण गर्नुभएको थियो भने तेस्रो दिन आधारभूत तथा नवप्रवेशी पत्रकारितासम्बन्धी सीप विकासमा केन्द्रित रही प्रशिक्षण दिइएको थियो। चौथो दिन प्रशिक्षक कल्पना शर्माले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा सहजीकरण गर्नुभएको थियो, जहाँ सहभागीहरूले व्यावहारिक पक्ष, समाचार सम्पादन तथा पेशागत अनुभव आदानप्रदान गरेका थिए।
स्थानीय तहमा कार्यरत महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितामा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले आयोजित यस तालिमलाई सहभागीहरूले अत्यन्त उपयोगी र उपलब्धिमूलक भएको बताएका छन्। उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो पेशागत जीवनमा पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि