काठमाडौं ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो इतिहासमा पहिलो पटक विद्युतीय सवारी साधनहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सफलतापूर्वक सम्पन्न गरेको छ। विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडाले जेठ २२ गते यस वातावरणीय चेतनामूलक र्यालीको आयोजना गरेको हो। नाडाको सचिवालय टेकुबाट सुरु भएको उक्त र्याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली र कुपण्डोल हुँदै पुल्चोकस्थित ‘द प्लाजा’ मा पुगेर समापन भएको थियो।
यस ग्रीन ड्राइभ र्यालीमा AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business-SKYWORTH र Nepal Insurance Company Limited को समर्थन तथा विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनहरूको उत्साहजनक सहभागिता रहेको थियो। र्यालीमा सहभागी भएका कुल १२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्व अध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गर्नुभएको थियो।
उक्त प्रमाणपत्र वितरण कार्यक्रमको सञ्चालन नाडाका महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गर्नुभएको थियो। नाडाले यस ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्यालीलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गरेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि