काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जोगाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। मर्यादित पत्रकारिता र संवेदनशील विषयमा सञ्चार माध्यमको प्रस्तुति अझै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिएका छन्।
बिहीबार मन्त्रालयमा सञ्चारिका समूह नेपालसँगको भेटमा मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता नै लोकतन्त्रको आधार भएको भन्दै यसको प्रयोग गर्दा नागरिक र सञ्चार माध्यम दुवैले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने बताए।
सञ्चारिका समूहको माग: “महिला पत्रकार असुरक्षित”
भेटका क्रममा सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले सञ्चार क्षेत्रमा बढ्दो असुरक्षाबारे मन्त्रीको ध्यानाकर्षण गराइन्। ज्ञापनपत्र बुझाउँदै उनले भनिन्:”सञ्चार क्षेत्र दिनदिनै असुरक्षित बन्दै गएको छ। धेरै संस्थामा पत्रकारले समयमा तलब पाएका छैनन्। विशेषगरी महिला पत्रकारहरू कार्यस्थलमा असुरक्षा र अनलाइन दुव्र्यवहारको सिकार भइरहेका छन्। राज्यले यस्ता विभेद र द्वेषपूर्ण सामग्री रोक्न गम्भीर हुनुपर्छ।”
अध्यक्ष पन्थीले सामाजिक सञ्जालमा महिलाविरुद्ध हुने नकारात्मक प्रचारले लैङ्गिक समानतामा चुनौती थपेको भन्दै यसलाई नीतिगत रूपमै सम्बोधन गर्न माग गरिन्।
तलब र विज्ञापन प्रणालीमा सुधार गरिने
सञ्चारमन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने आश्वासन दिएका छन्। पत्रकारले नियमित तलब नपाउने र असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले पहल गर्ने उनले बताए।
उनले सरकारी विज्ञापन वितरणमा हुने अनियमितता र पारदर्शिताको प्रश्नलाई सम्बोधन गर्न नयाँ मापदण्ड बनाइएको जानकारी दिए। अब पहुँचका आधारमा विज्ञापन दिने चलन कडाइका साथ बन्द गरिने र विज्ञापन प्रणालीलाई व्यवस्थित बनाइने उनको दाबी छ।
पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत झुटा र अतिरञ्जित सूचना फैलिने क्रम बढेको भन्दै मन्त्री तिमिल्सिनाले पत्रकारिताको आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरे।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि