काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको स्पष्ट पारेका छन्। शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूलाई त्रसित नहुन र निराधार हल्लाको पछि नलाग्न आग्रह गरे।
निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारको रूपमा चित्रण गर्दै अर्थमन्त्री वाग्लेले भने, “सरकारले व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची बनाएको छैन, तपाईँहरू हल्लाको पछि नपर्नुस्, तपाईँहरू हाम्रो साझेदार हो।” उनले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको समेत उल्लेख गरे।
कार्यक्रममा उनले सरकारका पाँच मुख्य प्राथमिकताहरूका बारेमा पनि प्रस्ट्याएका थिए। उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो भने दोस्रोमा अर्थतन्त्रको पुनरुत्थान रहेको छ। त्यसैगरी, आन्तरिक र बाह्य कनेक्टिभिटीलाई तेस्रो, सामाजिक लगानीलाई चौथो र पर्यटन, संस्कृति तथा इतिहासमार्फत सौम्य शक्तिको विस्तारलाई पाँचौँ प्राथमिकतामा राखिएको उनले जानकारी दिए।
अर्थतन्त्रको दिशा बदल्ने तयारीमा सरकार रहेको भन्दै उनले आगामी बजेटसम्म धैर्य गर्न व्यवसायीहरूलाई आग्रह गरे। भारतको उदाहरण दिँदै उनले भने, “सन् २०१४ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचकहरू अहिलेको नेपालकै हाराहारीमा थिए, तर १२ वर्षमा उनीहरूले ठूलो फड्को मारे।” नेपाल पनि अब त्यही गतिमा अघि बढ्ने बाटोमा रहेको दाबी उनले गरे।
मुलुकको अर्थतन्त्रलाई सही मार्गमा डोर्याउन राजनीतिक स्थायित्व र इमानदारी आवश्यक रहेकोमा उनले जोड दिएका थ थिए ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित