खोटाङ – हिमाली क्षेत्रको जैविक विविधता संरक्षणलाई केन्द्रमा राख्दै “बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन २०२६” शुक्रबारदेखि खोटाङमा सुरु भएको छ।
रेड पाण्डा र थारजस्ता संकटापन्न प्रजातिको संरक्षणमा साझा पहल गर्ने उद्देश्यसहित आयोजना गरिएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ।
“गार्ड देम, ग्रो टुगेदर” नारासहित आयोजित सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञ, अनुसन्धानकर्ता, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रम १७ देखि १९ अप्रिल २०२६ (वैशाख ४–६) सम्म चल्नेछ।
सम्मेलनमा हिमाली जैविक विविधताको वर्तमान अवस्था, चुनौती र संरक्षणका सम्भावित उपायबारे छलफल हुने कार्यक्रम छ। विशेषगरी रेड पाण्डा र थारको बासस्थान संरक्षण, अवैध सिकार नियन्त्रण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र स्थानीय समुदायको सहभागिता अभिवृद्धिबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिनेछन्।
आयोजकका अनुसार सम्मेलनले नीति निर्माणमा सहयोग पुर्याउने सिफारिसहरू तयार पार्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने र दीगो संरक्षणका लागि ठोस कार्ययोजना अघि बढाउने लक्ष्य लिएको छ।
कार्यक्रममा सरकारका विभिन्न मन्त्रालय, गैरसरकारी संस्था, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्य रहेको छ। साथै, स्थानीय तह र समुदायको सक्रिय सहभागिताले संरक्षण प्रयासलाई व्यवहारिक र प्रभावकारी बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
सम्मेलनले जैविक विविधताको संरक्षणलाई आर्थिक तथा सामाजिक विकाससँग जोड्दै दीगो व्यवस्थापनको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित