काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शाहको मुख्य आम्दानीको स्रोत सामाजिक सञ्जाल देखिएको छ ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको विभिन्न बैंक खातामा गरी कुल १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको छ । इन्जिनियरिङ पेसा र कन्सल्टेन्सीभन्दा पनि डिजिटल प्लेटफर्मबाट हुने कमाइलाई उहाँले बैंक ब्यालेन्सको प्रमुख स्रोतका रूपमा उल्लेख गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै सामाजिक सञ्जालमा बलियो उपस्थिति जनाउनुभएका शाहको डिजिटल सञ्जाल निकै फराकिलो छ । उनको फेसबुकमा करिब ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाखभन्दा बढी फलोअर्स रहेका छन् । सोही प्लेटफर्महरूबाट हुने मोनिटाइजेसन र विज्ञापनबापतको रकम उनको मुख्य बैंकिङ आम्दानीको आधार बनेको देखिन्छ ।
सम्पत्ति विवरणमा प्रधानमन्त्री शाहको नाममा भन्दा उहाँको परिवारका सदस्यका नाममा अचल सम्पत्ति र गरगहना बढी देखिएको छ । विवरणअनुसार उहाँकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी तथा हिराका गरगहना रहेका छन् । यसको प्राप्तिको स्रोत ‘पैतृक’ (माइती खलकबाट प्राप्त) उल्लेख गरिएको छ ।
त्यस्तै, घरजग्गा तर्फ प्रधानमन्त्रीकी आमा धुव्र देवी शाहको नाममा काठमाडौँमा ५ आना र धनुषामा १.२ विघा जग्गा रहेको छ । यस्तै, उनका बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा खुलाइएको छ ।
प्रधानमन्त्री शाहको व्यक्तिगत नाममा भने कुनै पनि घरजग्गा नरहेको सार्वजनिक विवरणले देखाएको छ । सरकारले पारदर्शिताका लागि मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्पराअनुसार यो विवरण सार्वजनिक गरेको हो ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”