• बुधबार, ३१ भाद्र २०८३
  • नयाँ सभामुख, नयाँ टिम: मुना कुँवर र नवराज पाण्डे सचिवालयमा नियुक्त

    नयाँ सभामुख, नयाँ टिम: मुना कुँवर र नवराज पाण्डे सचिवालयमा नियुक्त

    सबलनेपाल संवाददाता
    चैत्र २३ २०८२, सोमबार

    काठमाडौँ — डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि आफ्नो सचिवालय गठन गर्ने क्रममा दुई जना प्रमुख सहयोगी नियुक्त गरेका छन्। उनले प्रमुख स्वकीय सचिवमा मुना कुँवर र स्वकीय सचिवमा नवराज पाण्डे लाई जिम्मेवारी दिएका हुन्।

    आइतबार प्रतिनिधिसभाबाट निर्विरोध सभामुख बनेलगत्तै अर्यालले सोमबार यी नियुक्ति गरेका हुन्। नियुक्तिसँगै कुँवरले नेपाल सरकारको सहसचिव सरह र पाण्डेले उपसचिव सरहको सेवा–सुविधा पाउनेछन्।

    प्रमुख स्वकीय सचिव बनेकी कुँवर यसअघि अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा प्रेस संयोजकका रूपमा काम गरिसकेकी थिइन्। पछिल्लो समय उनी आर्थिकन्यूज डटकममा कार्यकारी सम्पादक थिइन्। साथै, उनले विभिन्न सञ्चारमाध्यमहरूमा काम गर्नुका साथै मदन भण्डारी कलेजमा अध्यापन अनुभव पनि संगालेकी छन्। शैक्षिक रूपमा उनले आमसञ्चार तथा पत्रकारितामा एमफिल, विकास पत्रकारितामा एमए र कानुनमा स्नातक पूरा गरेकी छन्।

    त्यस्तै, स्वकीय सचिव नियुक्त भएका पाण्डे हिमालय टिभीमा समाचार संयोजकका रूपमा कार्यरत थिए। उनले त्यहाँबाट राजीनामा दिएर नयाँ जिम्मेवारी सम्हालेका हुन्। यसअघि उनले कान्तिपुर टिभी, नेपाल टेलिभिजन, ग्यालेक्सी टिभी लगायतका सञ्चारमाध्यममा कार्यक्रम सञ्चालन र रिपोर्टिङ गरेका थिए भने माउन्टेन टिभीमा सम्पादकको भूमिकासमेत निर्वाह गरेका थिए।

    पाण्डेसँग राजनीतिक अनुभव पनि छ। उनले रवि लामिछाने गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिव तथा प्रेस संयोजकका रूपमा काम गरेका थिए। २०६१ सालदेखि पत्रकारितामा सक्रिय उनी राजनीतिशास्त्र र पत्रकारितामा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij