काठमाडौंमा सक्रिय आपराधिक सञ्जालविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गर्दै १८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पनि रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी यसअघि पनि विभिन्न घटनामा पक्राउ परेर छुट्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ।
प्रहरीले शुक्रबार रातिदेखि राजधानीका विभिन्न स्थानमा गुन्डागर्दी नियन्त्रणका लागि आक्रामक रूपमा अपरेशन चलाएको थियो। सोही क्रममा अन्य १७ जनालाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
गुरुङ कुख्यात ‘घैँटे’ समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ। ‘घैँटे’ भने प्रहरी इन्काउन्टरमा मारिएका थिए। त्यसपछि पनि गुरुङले आपराधिक गतिविधि जारी राखेको आरोप लाग्दै आएको छ।
यसअघि उनीमाथि हतियारसम्बन्धी मुद्दा समेत रहेको प्रहरीको भनाइ छ। हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल, शिक्षामन्त्रीसँगको वार्ता निष्कर्षविहीन
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग