• बिहिबार, १ असोज २०८३
  • “काठमाडौंमा मध्यरात छापा: गुण्डागर्दी र दलालीमा संलग्न १९५ जना एकै रात नियन्त्रणमा”

    “काठमाडौंमा मध्यरात छापा: गुण्डागर्दी र दलालीमा संलग्न १९५ जना एकै रात नियन्त्रणमा”

    सबलनेपाल संवाददाता
    चैत्र २१ २०८२, शनिबार

    काठमाडौं । राजधानी काठमाडौं मा प्रहरीले रातभर विशेष सर्च अप्रेसन सञ्चालन गर्दै ठूलो संख्यामा मानिसलाई नियन्त्रणमा लिएको छ।
    जिल्ला प्रहरी परिसरका अनुसार गुण्डागर्दी, ठगी तथा बिचौलियामा संलग्न गतिविधि नियन्त्रण गर्न लक्षित अप्रेसन अन्तर्गत १९५ जना पक्राउ परेका हुन्।
    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका संवेदनशील क्षेत्रहरूमा एकसाथ छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न व्यक्ति, यात्रु तानातान गर्ने गिरोह, दलाल तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न आशंका गरिएका व्यक्तिहरू रहेका छन्।
    अप्रेसनका क्रममा रातभर विभिन्न स्थानमा निगरानी बढाइएको थियो भने सन्दिग्ध गतिविधि देखिएलगत्तै नियन्त्रणमा लिने रणनीति अपनाइएको प्रहरीले जनाएको छ।
    पक्राउ परेका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने संकेत दिएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij