• बिहिबार, १ असोज २०८३
  • प्रधानमन्त्रीको सञ्चार टिममा बजगाईंको इन्ट्री: बालेनका विश्वासपात्रलाई नयाँ जिम्मेवारी

    प्रधानमन्त्रीको सञ्चार टिममा बजगाईंको इन्ट्री: बालेनका विश्वासपात्रलाई नयाँ जिम्मेवारी

    सबलनेपाल संवाददाता
    चैत्र १७ २०८२, मंगलबार

    काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो नजिकका सहकर्मी सुरेन्द्र बजगाईंलाई प्रेस सहजकर्ताको जिम्मेवारी दिएका छन्। स्वकीय शाखा अधिकृतसरहको सेवासुविधासहित उनलाई उक्त पदमा नियुक्त गरिएको हो।

    बजगाईं यसअघि काठमाडौं महानगरपालिकामा बालेन मेयर हुँदा प्रेस संयोजकका रूपमा काम गर्दै सञ्चार समन्वय र मिडिया व्यवस्थापनमा सक्रिय थिए। त्यतिबेला देखिएको उनको कार्यशैलीकै आधारमा उनलाई पुनः प्रधानमन्त्रीको टिममा भित्र्याइएको बताइएको छ।

    हालै सम्पन्न चुनावी अभियानमा पनि बजगाईंले बालेनको टिममा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए। उनको नियुक्तिसँगै प्रधानमन्त्रीको सञ्चार संयन्त्र अझ व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

    यसअघि प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारदेखि सूचना प्रविधि संयोजकसम्मका पदमा विभिन्न व्यक्तिहरूलाई नियुक्त गरिसकेका छन्, जसले उनको सचिवालय विस्तारलाई पूर्णता दिइरहेको


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij