काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि लामो समयदेखि झन्झटिलो मानिएको श्रम स्वीकृति प्रक्रिया अब सहज बन्ने संकेत देखिएको छ। सरकारले महत्वपूर्ण सुधार गर्दै अब आवेदन दिएकै दिन श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था लागू गरेको छ।
यसअघि दैनिक सीमित संख्यामा मात्र सेवा दिने “टोकन प्रणाली” हटाइएपछि सेवाग्राहीले अनावश्यक पर्खाइ झेल्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो।
अब आवश्यक कागजात पूरा भएका आवेदकले सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्। यसले विशेष गरी वैदेशिक रोजगारीमा जान हतारमा रहेका श्रमिकलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
मन्त्रालयले हालै ल्याएको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत यो कदम चालिएको हो। श्रममन्त्रीको उपस्थितिमा बसेको बैठकले श्रम क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन यस्ता सुधारहरू अघि बढाउने निर्णय गरेको जनाएको छ।
यो परिवर्तनले सेवा प्रवाहमा पारदर्शिता र दक्षता बढाउने मात्र होइन, श्रमिकको समय र खर्च दुबै बचत हुने अपेक्षा गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि