काठमाडौं, १४ चैत — जेनजी आन्दोलन दमन प्रकरणसँग जोडिएको मुद्दामा राजनीतिक तरंग बढ्दै जाँदा पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको कटुन्जेस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको पुष्टि सुरक्षा स्रोतले गरेको छ।
नयाँ सरकार गठन भएसँगै पुराना विवादित घटनामाथि छानबिन अघि बढाउने संकेत देखिएको थियो। मन्त्रिपरिषद्को पहिलो बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय बनेका हुन्।
प्रतिवेदन कार्यान्वयनबाट सुरु भयो कानुनी प्रक्रिया
गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा जेनजी आन्दोलनको दमनका क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको थियो। सोही आधारमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी नेतृत्वविरुद्ध फौजदारी अनुसन्धान सिफारिस गरिएको थियो।
गृहमन्त्री सुधन गुरुङले निर्णय लगत्तै सुरक्षा निकाय प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए। कानुनी प्रक्रिया स्पष्ट बनाउन मध्यराति कानुन मन्त्रालयका उच्च अधिकारीहरूलाई समेत प्रहरी मुख्यालय बोलाइएको थियो।
लिखित आदेशपछि पक्राउ प्रक्रिया अघि बढ्यो
प्रहरीले सुरुवातमा स्पष्ट लिखित आदेश मागेपछि मात्र प्रक्रिया अघि बढाएको स्रोत बताउँछ। अन्ततः कानुनी राय तयार भएपछि लेखकविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गरिएको थियो।
उनीमाथि मुलुकी फौजदारी संहिताका दफा १८१ र १८२ अन्तर्गत ‘लापरबाहीका कारण ज्यान गुमाएको’ कसुरमा अनुसन्धान अघि बढाइएको छ।
राजनीतिक तरंग अझै बढ्ने संकेत
यस घटनाले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। विशेषगरी जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक नभएको अवस्थामा उच्च तहका नेतामाथि कारबाही सुरु हुनु अर्थपूर्ण मानिएको छ।
उता, तत्कालीन प्रधानमन्त्रीमाथि पनि पक्राउ पुर्जी जारी भइसकेको खबरले आगामी दिनमा थप राजनीतिक उतारचढाव आउने संकेत गरेको छ।
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”
-
बाढीले रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुनः उत्पादन सुरु