काठमाडौं, नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको कुल सम्पत्ति करिब २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। अमेरिकी पत्रिका फोर्ब्स ले सार्वजनिक गरेको विश्व अर्बपतिको सूची अनुसार उनी विश्वका १९८२औँ धनी व्यक्ति बनेका छन्।
फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब पुगेको छ। एक वर्षअघिको तुलनामा उनको सम्पत्ति करिब १० करोड अमेरिकी डलरले वृद्धि भएको हो।
सन् २०२५ मा चौधरी विश्वका १७६३औँ धनी व्यक्ति थिए। त्यसबेला उनको सम्पत्ति करिब २ अर्ब डलर रहेको फोर्ब्सले जनाएको थियो। पछिल्लो वर्ष उनको सम्पत्ति बढे पनि विश्व वरियतामा भने केही तल झरेका छन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका मुलुकमध्ये भारतीय अर्बपतिहरू बाहेक नेपालबाट अर्बपतिको सूचीमा पर्ने एकमात्र व्यक्ति चौधरी हुन्। सार्कका अन्य सदस्य राष्ट्रका कुनै पनि व्यवसायी हाल फोर्ब्सको अर्बपतिको सूचीमा समावेश छैनन्।
यसअघि सन् २०१९ मा चौधरी विश्वका १३४९औँ धनी व्यक्ति थिए। कोभिड–१९ महामारीका क्रममा उनको सम्पत्तिमा केही गिरावट आएको थियो। पछिल्ला वर्षहरूमा भने उनले आफ्नो व्यवसाय विस्तार गर्दै सम्पत्तिमा पुनः वृद्धि गर्न सफल भएका छन्।
फोर्ब्सको अर्बपतिको सूचीमा यस वर्ष पनि अमेरिकी उद्यमी एलन मस्क पहिलो स्थानमा रहेका छन्। त्यसैगरी प्रविधि तथा अन्य क्षेत्रका धनी व्यक्तिहरूमा अमेरिकाका ल्यारी पेज लगायतका अर्बपतिहरू शीर्ष स्थानमा रहेका छन्।
फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरूको ठूलो हिस्सा अमेरिका, चीन र भारत जस्ता मुलुकबाट रहेका छन्।
-
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान