काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा लागू गरिएको मौन अवधिको पहिलो दिन देशभर सुरक्षा अवस्था सामान्य रहेको छ । छिटपुट घटना बाहेक कुनै ठूलो अप्रिय घटना नभएको सुरक्षा निकायले जनाएको छ ।
१९ गते राति १ बजेदेखि मौन अवधि सुरु भएसँगै चुनावी प्रचार–प्रसार पूर्ण रूपमा निषेध गरिएको छ । सम्भावित अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग उच्च सतर्कतामा परिचालित छन् । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गस्ती, पेट्रोलिङ र चेकजाँचलाई तीव्र पारिएको छ ।
मौन अवधिकै पहिलो दिन बिहान काठमाडौंको सुकेधारा र नैकाप क्षेत्रमा दुई वटा सवारीसाधनमा आगजनी भएको थियो । घटनास्थलमा निर्वाचन बहिष्कारसम्बन्धी पर्चा फेला परेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच भक्तपुरबाट एक व्यक्तिलाई इन्सास राइफल तथा विभिन्न प्रकारका गोलीसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बरामद हतियारबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
विराटनगर र बर्दिबास क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि त्रास फैलिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा ती वस्तु निष्क्रिय अवस्थामा रहेको पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन बिथोल्न सक्ने आशंकामा देशभरबाट हालसम्म १४२ जनालाई पक्राउ गरिएको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा ३२ जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय निर्वाचन सेलले जनाएको छ । तीमध्ये केहीलाई अनुसन्धानपछि रिहा गरिएको छ भने बाँकीमाथि अनुसन्धान जारी छ ।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार मौन अवधिमा हुनसक्ने चलखेल, अफवाह र आचारसंहिता उल्लंघनका गतिविधिमाथि कडा निगरानी राखिएको छ । तराई क्षेत्रमा होली पर्वको अवसरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि अहिलेसम्म कुनै उल्लेखनीय घटना नभएको प्रहरीले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि