काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रीय कोषाध्यक्ष पदमा साधना पुडासैनीले उम्मेदवारी घोषणा गरेकी छन्।
उम्मेदवारी घोषणा गर्दै पुडासैनीले ECAN सबैको साझा संस्था भएको बताउँदै यसको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुती अझ सुदृढ बनाउने उद्देश्यले आफू उम्मेदवार बनेको स्पष्ट पारेकी छन्।
यसका साथै उनले आफ्नो अनुभव, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणमार्फत ECAN को कोष व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेकी छन्।
“सहि व्यक्ति, सहि स्थान भरोसायोग्य कोषाध्यक्ष” भन्ने नारासहित मैदानमा उत्रिएकी पुडासैनीले कोषाध्यक्ष पदलाई केवल हिसाब किताबसम्म सीमित विषय नभई संस्थाप्रतिको उत्तरदायित्वसँग जोडिएको जिम्मेवारीको रूपमा लिएको बताएकी छन्।
ECAN मा गरेको आर्थिक योगदानको सही र पारदर्शीता संस्थालाई अझ बलियो बनाउने उनको लक्ष्य रहेको छ।
उनका अनुसार आर्थिक पारदर्शिता र अनुशासन मजबुत भए मात्र ECAN सबैका लागि अझ विश्वसनीय र प्रभावकारी संस्था बन्न सक्छ। त्यसका लागि कोष व्यवस्थापनलाई स्पष्ट, उत्तरदायी र सदस्य मैत्री बनाइने उनको भनाइ छ।
पुडासैनीले ECAN लाई अझ सशक्त बनाउने यात्रामा सबैको विश्वास, सुझाव र सहयोग अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा साथ र समर्थनको अपेक्षा राखेको बताउँछिन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि