काठमाडौं – गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन् । उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा गोल्याणले यस्तो बताएका हुन् । ‘हामी एउटा यस्तो ‘नवीन’ र उत्कृष्ट गोल्याण ग्रुप निर्माण गर्नेछौं, जसले विश्वव्यापी प्रतिस्पार्धामा आफूलाई अब्बल सावित गर्नेछ,’ उनले भने, ‘जहाँ हाम्रो देशप्रतिको जिम्मेवारी प्रतिविम्बित हुनेछ ।’
मंसिर २४ गते गोल्याण ग्रुपले आफ्नो वार्षिकोत्सव समारोहमा ३७ वर्षीय अक्षयलाई अध्यक्ष चयन भएको घोषणा गरेको थियो ।
अध्यक्ष चयनपछि आइतबार त्यहाँ कार्यरत कर्मचारीले स्वागत तथा बधाइ ज्ञापन गरेका थिए । कर्मचारीलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष गोल्याणले सबैको सामूहिक प्रयासबाट अग्रणी व्यावसायिक संस्थाको रुपमा स्थापित गोल्याण ग्रुपलाई थप उचाइमा पु¥याउन आफ्नो प्रयास रहने बताए ।
संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्याण र उपाध्यक्ष वासुदेव गोल्याणको प्रेरणा र मार्गनिर्देशलाई सधैं शिरोपर गर्ने उल्लेख गर्दै उनले भने, ‘तपाईँहरुले मप्रति दर्शाउनुभएको विश्वास र माया, संस्थाप्रतिको समर्पण र कामप्रतिको कडा संघर्षले मलाई अझ उत्साही बनाएको छ ।’
‘विश्वको उत्कृष्ट १०’ मध्येमा पर्ने स्पेनको भ्क्ब्म्भ् यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका अक्षय ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक थिए । संस्थापक अध्यक्ष पवन गोल्याणले अध्यक्षको जिम्मेवारी सुम्पिएसँगै अब अक्षयको काँधमा कार्यकारी भूमिकासहित ग्रुपको समग्र नेतृत्व आइपुगेको छ ।
६५ वर्ष लामो विरासत बोकेको गोल्याण ग्रुपलाई अब तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले हाँक्नेछन् । हजुरबुवा सोहनलाल गोल्याणले सुरु गरेको व्यवसाय बुवा पवन गोल्याण हुँदै अक्षयमा आइपुगेको हो ।
गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । करिब १० हजार कर्मचारी कार्यरत गोल्याण ग्रुपले ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको छ । ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नयाँ पुस्ताको नेतृत्वमा ग्रुपको विकास र विकास हुने विश्वास गरिएको छ ।
समग्र कर्मचारीको तर्फबाट स्वागत तथा बधाइ ज्ञापन गर्दै मानवस्रोत विभागका महाप्रवन्धक अनुश्री ताम्राकारले नयाँ नेतृत्व चयनसँगै गोल्याण ग्रुपको नयाँ अध्याय सुरु भएको र यो क्षण कोशेढुंगा सावित हुने बताइन् ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि