काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल प्लेटफर्ममार्फत हुने मनोवैज्ञानिक दबाब, धम्की र अपमानजनक टिप्पणीजस्ता घटनाले अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने अवस्था आएको बताएका छन्। राजधानीमा सञ्चारिका समूह नेपालले आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले महिलादेखि युवायुवतीसम्म डिजिटल माध्यमकै कारण घरमै बसेर पनि असुरक्षित महसुस गर्नुपर्ने अवस्था बढेको बताए।
मन्त्री खरेलका अनुसार विगतमा भौतिक रूपमा मात्र देखिने हिंसा अब स्क्रीनमार्फत मनोवैज्ञानिक रूपमा प्रवेश गर्न थालेको छ। सुरक्षित वातावरणमा बसेर सामाजिक सञ्जाल हेर्दा एकाएक डर, तनाव र असहजता महसुस हुने अवस्था सामान्यजस्तै बनेको उल्लेख गर्दै उनले डिजिटल हिंसाको नयाँ स्वरूपले मानव मनोविज्ञानमा गहिरो प्रभाव पारेको बताए।
उनले डिजिटल हिंसाले महिला, किशोरी तथा प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई कमजोर बनाइरहेको उल्लेख गर्दै भर्चुअल जगतमा हुने चरित्रहत्या, अपमान र धम्कीका कारण आत्महत्या प्रवृत्ति समेत बढ्न थालेको बताए। उनका अनुसार प्रविधि चलाउन जान्नु मात्र पर्याप्त छैन, यसलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्नेबारे शिक्षाले मात्र डिजिटल जोखिम कम गर्न सक्छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले डिजिटल माध्यमले ल्याएको हिंसाको रूप झनै गम्भीर बन्दै गएको भन्दै सञ्चार माध्यम स्वयं पीडितमैत्री बन्नुपर्ने आवश्यकता औंल्याइन्। सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी र संस्थापक अध्यक्ष बन्दना राणाले डिजिटल हिंसाको सबैभन्दा ठूलो प्रभाव महिलामाथि पर्ने भएकाले सचेतता र चनाखोपनै सुरक्षाको मुख्य उपाय भएको धारणा राखे।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितले प्रविधिको विकाससँगै सञ्चार माध्यम थप जिम्मेवार हुनुपर्ने बताइन्। सञ्चारिकाकी निवर्तमान अध्यक्ष बिमला तुम्खेवाले बहुपक्षीय जिम्मेवारी बीच पनि महिलाहरूले पत्रकारितामा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै डिजिटल हिंसाविरुद्ध सामूहिक रूपमा लड्नुपर्ने आवश्यकता औंल्याइन्।
प्रेस काउन्सिल नेपालकी बोर्ड सदस्य निमा काफ्लेले डिजिटल हिंसासम्बन्धी उजुरी बढिरहेकाले प्रकाशन र सामग्री छनोटमा विशेष सावधानी अपनाउन आग्रह गरिन्। संस्थाकी उपाध्यक्ष वसन्ती वास्तोलाले बढ्दो डिजिटल हिंसाबाट महिला अधिक प्रभावित हुने भएकाले सञ्चार माध्यमको भूमिका निर्णायक रहेको बताइन्।
महिलाका मुद्दामा लेख्ने करिब ७० भन्दा बढी पत्रकारको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासचिव राधा खनालले गरेकी थिइन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि