काठमाडौं — द ब्रिटिश कलेज (TBC) ले आफ्नै इनक्युबेशन सेन्टरमार्फत विकास भएको पहिलो विद्यार्थी–नेतृत्व स्टार्टअप ‘गो दान’ को औपचारिक शुभारम्भ गर्दै उद्यमशीलता प्रवर्द्धनमा एक महत्वपूर्ण माइलस्टोन स्थापित गरेको छ।
सरल, सुरक्षित र पारदर्शी डिजिटल सहयोग प्रणाली विकास गर्ने लक्ष्यसहित तयार गरिएको गो दान प्लेटफर्मका संस्थापक अभूषण श्रेष्ठ, बीएसि कम्युटर साइन्स एआई का लेभल ४ विद्यार्थी,ले शुभारम्भ समारोहमा आफ्नो यात्रा र उद्देश्य साझा गरे।
उनी भन्छन्, “गो दानको उद्देश्य कठिन समयमा सहयोग पाउन मानिसहरूलाई सजिलो बनाउनु हो। टिबिसी इनक्युबेशन सेन्टरको मार्गदर्शनले हामीले पहिलो सफल कदम चालेका छौँ।”
समारोहमा विद्यार्थी, शिक्षक तथा टिबिसी नेतृत्वको उपस्थिति रहेको थियो। टिबिसीका अकाडेमिक डाइरेक्टर डा. डेक्लन पी. ब्यानन ले टोलीलाई बधाई दिँदै भने, “यो सफलताले हाम्रो इनक्युबेशन इकोसिस्टमले प्रवर्धन गर्न खोजेको वास्तविक उपलब्धि देखाउँछ।”
समूह सिइअाे तथा संस्थापक राजेन कँडेल ले युवा उमेरमै व्यवसाय सुरु गरेको आफ्ना अनुभव सुनाउँदै विद्यार्थीहरूमा उद्यमशीलता र नवप्रवर्तनप्रति उत्साह थपिएको बताए। उनले भने, “सुरुवात गर्न साहस चाहिन्छ, र त्यो साहसलाई टिबिसीले सदैव प्लेटफर्म दिन्छ।”
गो दानको सफल शुभारम्भसँगै टिबिसीले विद्यार्थीहरूलाई नवप्रवर्तन, सहकार्य र प्रभावकारी उद्यम निर्माणतर्फ अझ सशक्त रूपमा अघि बढाउने संकेत गरेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि