काठमाडौं । गत हप्ता भएको भ्रष्टाचार विरुद्धको जेन–जी आन्दोलन पछि आवश्यक राहत तथा उद्धारमा विभिन्न रोटरी क्लबहरूले अभियान सञ्चालन गरेका छन्। रोटरीको ‘सर्भिस एभव सेल्फ’को नारालाई आत्मसात गर्दै रोटरीका विभिन्न क्लबहरूले विभिन्न सेवा कार्य सम्पन्न गरेका हुन्।
आन्दोलनका क्रममा भएका घाइतेको उद्धार, उपचार, रक्तदान, खाना, सर्जिकल सामग्री तथा ध्वस्त भएका सार्वजनिक संरचनाको पुनर्निर्माण र नेपाल प्रहरीलाई पुर्नस्थापित गर्न आवश्यक सहयोग गर्न ‘रोटरी एक्सन ग्रुप’ निर्माण गरी विभिन्न कार्यक्रम गरिएको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुँयालले जानकारी दिए।

एक्सन ग्रुपले सुरुवातमै आन्दोलन स्थल बानेश्वरबाट सिभिल, टिचिङ र ग्रिन सिटी हस्पिटलमा घाइतेलाई पुर्याउने काम भएको उनले जानकारी दिए। घाइतेको उपचारमा रगत अभाव हुन नदिन भदौ २४ गते बालाजु चोकमा आकस्मिक ब्लड डोनेसन क्याम्प सञ्चालन गरी ७९ पोका रगत संकलन गरेको र भदौ २५ गते घाइते तथा कुरुवाको लागि खाना, खाजामा सहयोग र घाइतेलाई उपचार पश्चात् घरसम्म पुरयाउन आफ्नै गाडीमार्फत सेवा प्रदान गरेको र एम्बुलेन्स भाडामा लिई घाइतेको उद्धार गरेको अध्यक्ष फुँयालले जानकारी दिए।



त्यस्तै एक्सन ग्रुपले सुरक्षार्थ र उपचारार्थ खटिने मेडिकल टिमलाई खाजा, पानी, मास्क र ग्लोभ्स दिएर सहयोग गर्दै आएको छ। त्यस्तै ध्वस्त संरचना पुनर्निर्माणका लागि बसुन्धारा चौकीमा खानेपानी ट्यांकी दिँदै सरसफाई, खाजा, नगद संकलन, थापाथली ट्राफिक प्रहरीमा सरसफाइ, सिरक डस्ना, बेड र अन्य सहयोग गर्दै आएको फुयाँलले जानकारी दिए। ग्रुपले तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा ३ थान कम्प्युट १ थान प्रिन्टर सहयोग गरेको छ।



१३ जना रोटरी क्लबका अध्यक्षहरू मिलेर ‘रोटरी एक्सन ग्रुप’ गठन भएको हो। ग्रुपले विभिन्न प्रहरीचौकीमा आवश्यकता पहिचान र सुरक्षा जाँच पोस्ट पुनः सञ्चालनका लागि आवश्यक पुनर्निर्माणका लागि स्थानीय निकाय र अन्य क्लबसँग समन्वय गरिरहेको समूहका रोटरियन अमोल प्रधानले बताए।


-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित