काठमाडौं, नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै सरकारी सुविधा नलिने घोषणा गरेका छन्। उनले आफूले तलबभत्ता शहीद सहयोग कोषमा दिने र सुरक्षाबाहेक अन्य सुविधा नलिने स्पष्ट पारेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री घिसिङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने अठोट व्यक्त गरे। “भ्रष्टाचार मेरो लागि जीवनमरणको विषय हो,” उनले भने, “कुनै पनि अनियमितता देखिएमा कडाभन्दा कडा कारबाही हुनेछ।”
उनले पारदर्शितामा कुनै प्रश्न उठे सिधा आफूलाई सम्पर्क गर्न पनि अनुरोध गरे। “ठिक मान्छेलाई ठिक ठाउँमा राख्ने मेरो स्पष्ट नीति हुनेछ, यसमा कुनै सम्झौता हुँदैन,” उनले स्पष्ट पारे।
यसअघि नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य गरी चर्चामा आएका घिसिङलाई फेरि ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनको यो सन्देशले जनताको विश्वास जित्ने र मन्त्रालयभित्रको अनुशासन कायम गर्ने अपेक्षा गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि