
रौतहट — रौतहट प्रहरीले ठूलो परिणाममा लागू औषध गाँजासहित एक कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको ग ३ च ६८९६ नम्बरको कारबाट १३३ किलो गाँजा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँचका क्रममा कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँक्दै भाग्न प्रयास गरेका थिए। प्रहरीले तत्कालै पछ्याउँदा गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा उक्त कार फेला परेको हो।
कारमा सवार व्यक्ति भने उखुवारी हुँदै फरार भएको र उनीहरूको खोजी भइरहेको डिएसपी कार्कीले जानकारी दिए। क्रेनको सहायताले कार बाहिर निकालेर जाँच गर्दा उक्त परिणाममा गाँजा फेला परेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान